पृष्ठभूमी

आजको विश्व सूचना, सञ्चार अनी प्रविधिको हो । संचार र प्रबिधी आमनागरिकको जिबनशैली बनिसकेको छ । विश्वको सन्चार बिकासबाट नेपाल पनी टाढा रहन सक्दैन । आजको दिनमा आम नागरिकमा सूचनाको पहुँच बढ्दै गएको छ । अहिले सूचना र संचार प्रवाहका लागि बिभिन्न माध्यमहरु छन् । नेपालमा सबैभन्दा प्रभावकारी मानिएको सन्चार माध्यम एफ रेडियो नै हो । २००७ सालमा रेडियो नेपालको स्थापन भएपछी नेपालमा रेडियोको ईतिहास शुरु भएको हो । गाउ गाउमा खुलेका सयौ रेडियो एफ. एम स्टेशनहरुले आम नागरिकलाई शु शुचित गर्ने कार्य जारी राखेका छन । रेडियो नागरिकका लागि निकै भर पर्दो माध्यमको रुपमा स्थापित छ । सुदुरपश्चिमको मुख्य केन्द्र बजार अत्तरियालाई विश्व सामु चिनाउन र बजारको ब्यापार ब्य्बसायलाई बढुवा दिन गोदावरी मिडिया प्राली मार्फत गोदावरी एफ. एम को स्थापना भएको हो ।

परिचय

गोदावरी मिडिया प्रा ली वि स २०६७ श्राबण ११ गते कम्पनी रजिश्टारको कार्यलयमा दर्ता भएको एकल सन्चाल्क रहेको कम्पनी हो । गोदावरी मिडिया प्रालीकै अग्रसरता मा नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालयमा दर्ता भई सञ्चालनमा आएको यो गोदावरी एफ एम हो । गोदावरी एफ एम ८७.९ मेगाहर्जले नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालयबाट २०६७ भाद्र ७गते प्रशारणको ईजाजत पाएको हो । उल्लेखित निती नियम पालन गर्दै परिक्षण प्रसारण समय पूरा गरी वि.स२०६९ बैशाख २६ गते देखी रेडियो नियमित प्रसारणमा आएको हो ।सुदुरपश्चिमको मुख्य केन्द्र अत्तरिया बजारमा मुख्य प्रसारण स्टेशन रहेको यस रेडियोको फ्रिक्वेन्सी मोडुलेशन ८७.९ मेगाहर्ज हो । अनलाईन सर्भर मार्फत ईन्टरनेटमा www.godawarifm.com.np बाट विश्वको जुनसुकै ठाउँमा पनि रेडियोलाई सुन्न सकिन्छ । यो रेडियोको स्टेशन कैलाली जिल्ला गोदावरी नगरपालिका वडा नं २ अत्तरिया रिङ्गरोडमा रहेको छ ।अत्तरिया नेपालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सेती अञ्चल, कैलाली जिल्लामा अवस्थित नगरपालिका हो । अत्तरिया सुदुर पश्चिमको मुख्य नाकाको रुपमा रहिआएको छ । महेन्द्र राजमार्ग सँगै जोडिएको अत्तरिया सुदुर पश्चिमको प्रबेशद्वार बन्न पुगेको छ । पहिलेको अत्तरिया अहिलेको गोदावरी नगरपलिकामा हाल ११ वटा वडाहरु रहेका छन । जिल्लाको सिमानामा पूर्व-कर्णाली नदी, बर्दिया सुर्खेत, पश्चिम-कञ्चनपुर र डडेलधुरा, उत्तर-डोटीडडेलधुरा र सुर्खेत, दक्षिण- मोहना नदी र भारतको उत्तर प्रदेश राज्य समेत रहेको छ । गोदावरी नगरपालिकामा पवित्र धार्मिक पर्यटकिय क्षेत्र गोदावरी रहेको छ । गोदावरी धामकै नामबाट गोदावरी नगरपालिका र गोदावरी एफ एमको नामाकरण भएको हो । उदेश्य एफ. एमले स्थापना कालदेखी नै स्थानिय जनतालाई शु सुचित गर्ने मुख्य उदेश्य राखेको छ । गोदावरी एफ. एम ब्यब्सयिक एफ. एम भएकोले यहाँको बजार ब्यबसायलाई औधोगीकरणमा ध्यान दिनु पनि मुख्य उदेश्य बनाएको छ ।

प्रसारण क्षमता, प्रसारण क्षेत्र र स्रोता 

गोदावरी एफ एम 500 वाट क्षमता six bay एण्टिना सहित पुर्ण रुपमा डिजिटल प्रबिधीबाट सञ्चालित ब्यबसायिक एफ. एम हो । यो एफएम सुदुरपश्चिमका अधिकास जिल्लामा सुन्न सकिन्छ। कैलालीको गोदावरी नगरपालिका , धनगढी उपमहानगरपालिका ,गौरीगंगा नगरपालिका ,कन्चनपुरको कृष्णपुर नगरपालिका ,डडेल्धुराको पर्शुराम नगरपालिका लगाएतका ठाउमा एफ. एम प्रष्टरुपमा सुन्न सकिन्छ । यो एफ. एम झन्डै २ लाख श्रोताले सुन्न सक्ने छन । कार्यक्रमहरु रेडियोले आफ्नो दैनिक ५ वटा स्ठानिय समाचार बुलेटिन उत्पादन एब प्रसारण गर्दै आएको छ । एफ एमले केन्द्रिय समाचार र कार्यक्रम थाहा संचार नेटवर्क , बिबिसी नेपाली सेवा ,equal acess, लगएतका सस्थाको साझेदारीमामा उत्पादन एब प्रसारण गर्दै आएको छ । स्थानिय रुपमा श्रोताको चाहना अनुसार स्वास्थ्य ,शीक्षा ,क्रिशी र अन्य मनोरन्जनका कार्यक्रम पनि प्रसारण हुँदै आएका छन । स्थानिय डोटेली र थारु भाषामा पनि एम एमले मनोरन्जनातम्क कार्यक्रम प्रसारण गर्दै आएको छ । एफ एम दैनिक १८ घण्टा बिहान ५ बजे देखी राती ११ बजे सम्म प्रशारणमा रहेको छ ।