मोडलिङमा रमाउदै कञ्चनपुरका भुपी

अत्तरिया , साउन ०१ ।

पछिल्लो समय मोडलिङको दुनियामा एउटा फरक अनुहारका रुपमा दर्शकहरुले भुपी अर्थात भुपी उपाध्याय लाई देख्दै आएका छन् । धेरैले सोध्छन् आज सम्म कयौँ भिडीयो खेलीसक्नु भएको होलानी भनेर, तर भुपी भर्खरै मोडलिङको दुनियामा छिरेका हुन् । गोरो वर्ण, मिलेको जिउँडाल, सुहाउँदो उचाइ, उस्तै वोली अनी दर्शकलाई लठ्याउने उनको प्रस्तुती कुनै सुपरस्टार हिरोको भन्दा कम छैन् दर्शकले आकलन गर्न सक्छन् । आफ्नै गृह जिल्ला कञ्चनपुरवाट सामान्य कभर भिडीयो वाट मोडलिङ सुरु गरेका भुपी अहिले सवैको दिल र मष्तिस्कमा वस्न सफल भएका छन् । उनि दिनदीनै हिट वन्दै गएका छन् । कञ्चनपुरको भिमदत्त नगरपालीका घर भएका भुपीले रेडीयो उदघोषक हुदै मोडलिङमा अग्रसर भएका हुन् । गाजलु आखाले वोलको गीतवाट मोडलिङ सुरु गरेका उनले अहिले थुप्रै म्युजिक भिडीयोहरुमा अभिनय गरीसकेका छन् । दर्शकको मनै लोभ्याउने अभिनय गर्ने भएकाले पनी अहिले उनको फ्यान तथा फ्लोअर्स वढ्दै गएका छन् ।

 


भविष्यमा सुपरहिट मोडल वन्ने लक्ष्यका साथ भुपी अहिले म्युजिक भिडीयो निर्माणमा समेत लागेका छन् । प्रदेश नंम्वर ७ का पर्यटकीय स्थलहरुमा म्युजिक भिडीयो छायांनकन गरीरहेका भुपीलाईे उत्कृष्ट मोडलिङ गर्दै राम्रा  मोडल वन्ने रहर छ । यसअघि नै आएका केही म्युजिक भिडीयोमा आपपुले राम्रो गरेको उनि वताउछन् । स्थानीय क्षेत्रमा रेडीयो कार्यक्रम वाट राम्रै चर्चा वटुलेका भुपीलाई मोडलिङमा परिवारको पनी राम्रै साथ पाएका छन् । अध्ययन संगै एकाएक मोडलिङमा उदाएको भुपीको यात्रा सवैको साथ सहयोग र हौसलाले सार्थक वन्दै गएको उनी वताउछन् । प्रदेश नंम्वर ७ मा धेरै प्रतिभावान ब्यक्तिहरु छन्, जस्ले अवसर तथा परिवारीक साथ नपाउदा आफुमा रहेका प्रतिभा गुमाउन वाध्य रहेको उनले वताए । सानै देखी अभिनय गर्ने उनको वानीले आज उनलाई यो स्थान सम्म पु¥याएको छ । दर्शकको चाहाना अनुरुप मात्रै म्युजिक भिडीयोमा अभिनय गन उनले वताए भने, अहिलेसम्म वजारमा आएका सवै म्युजिक भियीहरु दर्शकले अत्याधिक मन पराउनुभएको छ ।

 


सवैको साथ, सहयोग र हौशलाले अभिनय तर्फ थप उत्प्रेरीत वनेको उनले वताए । अझै दर्शको माया पाउँनेमा विश्रस्त छु । पहिलो पटक गाजलु आखाले नामक एल्वम वाट कभर भिडीयो वजारमा ल्याएका उनले दर्शक वाट राम्रै प्रतिक्रिया पाए । त्यसपछी कञ्चनपुरका नवराज कलौनीको स्वरमा रहेको ढुङ्गो नामक गीतमा अभिनय गरे । अहिले उनले अभिनय गरेका गितहरुहरु केही वजारमा आइसकेका छन् भने केही छायांकनको क्रममा छन् । जसमध्ये जेआर भट्टको धर्ती हल्लाइ दे वजारमा आइसकेको छ । पछिल्लो समय राम साउँद खास पागल र पानसरा थापाको तिजको गीत यो पालीको तिजमा केट्टी पट्टाउछु र गैजाउँ धुम्न रामारोसन ताल छायांकनको क्रममा छन् । पछिल्लो समय भुपी म्युजिक भिडीयो छायांकनका लागी प्रदेश साथको विभिन्न पर्यटकीय स्थलहरुमा जुटेका छन् ।

 

प्रतिकृया दिनुहोस

यि हुन विवाहअघि नै गर्भवती भएका बलिउड अभिनेत्री

एजेन्सी -बलिउड सेलिब्रेटीका लागि प्रेम, रोमान्स र विवाह सामान्य मानिन्छ। कयौं पटक रोमान्सले सीमा पार गरेपछि अभिनेत्रीहरु विवाहपूर्व नै गर्भवती समेत

‘द भ्वाइस अफ नेपाल’को उपाधि सीडी विजय अधिकारीलाई

काठमाण्डौ,मंसिर २९ ।  कान्तिपुर टिभीबाट प्रसारण हुँदै आएको चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को उपाधि सीडी विजय अधिकारीले जितेका छन् ।

डेउडाको माहोल फर्काउने बड्डाहरु

काठमाण्डौ,मंसिर २८ ।  "फागुन असिनो बड्डो, चैत काफल झड्डो आइगयो बड्डी खोज, यो अछामी बड्डो"   अहिले धेरै देउडाप्रेमीको जिब्रोमा झुन्डिरहेको गीत