दुर्गालक्ष्मी बहुमुखी क्याम्पस सुदुरपश्चिमान्चल विश्वबिधालयको आंगिक क्याम्पस बनेपछि शैक्षिक गुणस्तरमा सुधार आउने अपेक्षा

अत्तरिया ,साउन १ । 
अत्तरिया क्षेत्रको ठुलो दुर्गालक्ष्मी बहुमुखी क्याम्पस सुदुरपश्चिमान्चल विश्वबिधालयको आंगिक क्याम्पस  बनेपछि आज उदघाटन गरिएको छ । क्याम्पसमा  सुदुरपश्चिमाञ्चल विश्वबिधालय दुर्गालक्ष्मी बहुमुखी क्याम्पस नामाकरण सहितको ब्यानर झुण्डाइएको छ ।  क्याम्पसमा आंगिक क्याम्पस लेखिएको शिलालेख खोलेर प्रदेश नं ७ का मुख्यमन्त्रि त्रिलोचन भट्टले उदघाटन गरेका  हुन्  ।  

 

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रि भट्टले शिक्षण सस्था खुल्ने क्रममा सबै जोडतोडले लाग्ने भएपनि पछि सस्था संञ्चालनमा राजनिति हुने गरेको बताए  । उनले यस क्षेत्रको शैक्षिक विकासका लागी क्याम्पसको योगदान महत्वपुर्ण भएकोले  प्रदेश सरकारको  पुर्ण सहयोग हुने  आश्वाशन दिए ।  यस्तै कार्यक्रममा सहभागी प्रदेश सासंद कृष्णराज सुवेदीले दुर्गालक्ष्मी बहुमुखी क्याम्पस यस क्षेत्रका सबै नागरिकको सहयोगबाट  स्थापना भएकोले आगामी दिनमा पनि सबैको सहकार्य हुनुपर्नेमा जोड दिए  । उनले  क्याम्पसमा बिगतको जस्तो राजनितिक खिचलो नगर्न तर्फ सबैले सचेत हुनुपर्ने बताए  । सुवेदीले क्याम्पस अब सरकारी भैसकेकाले यसको विकासका लागी आफुले पहल गर्ने बताए । गोदावरी नगरपालिकाकी उपमेयर रत्ना कडायतले क्याम्प्सको थप सुधारको लागी नगरपालिकाले आबश्यक सहयोग गर्ने बताइन । उनले भनिन् - "म यसै बिधालयको बिधार्थी हुँ , के कसरी सहयोग गर्न सकिन्छ चलफल गर्दैछौँ "।

 

दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अब सुप बिश्वबिधालयको आड्गििक क्याम्पस बनेपछि शैक्षिक गुणस्तमा पनि सुधार आउने बिधार्थीहरुले समेत अपेक्षा गरेका छन् । क्याम्पसमा अध्यानरत बिधाथीहरुले विगतमा क्याम्पस ब्यबस्थापन समितिका नाममा राजनिति हुदै आएकोले शैक्षिक गुणस्तरमा खासै ध्यान पुञ्याउन नसकेको क्याम्पस प्रशासनलाई आरोप लगाएका छन् । अब क्याम्पसमा ब्यबस्थापन समिति पनी कानुनी तबरले नरहने भएकोले आगामी दिनमा क्याम्पस प्रसासनले शैक्षिक गुणस्तरमा  ध्यान दिनुपर्ने स्थानिय दलित अगुवा बाजी कामीको भनाई रहेको छ । क्याम्पस प्रमुख डम्बर बाहादुर पालले अब क्याम्पस सुप बिश्वबिधालयको आड्गिक क्याम्पस बनेकाले सो बिश्वबिधालयको कानुन भित्र रहेर काम गर्ने बताए  । उनले  अहिले क्याम्पस संञ्चालनमा आर्थिक समस्या भए पनि आगामी दिनमा सुधार हुदै जाने बिश्वास ब्यक्त गरे  । 

 

 

 


 

प्रतिकृया दिनुहोस

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय क्याम्पस तोडफोड

कन्चनपुर,पुष १ ।  सधैं बिबादमा रहँदै आएको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय क्याम्पस तोडफोड भएको छ । कञ्चनपुरका विद्यार्थी संगठनले

अत्तरियामा रहेको जे.के स्कुल आफ्नै सुबिधा सम्पन्न भवनमा

अत्तरिया , मंसिर २९ ।  कैलालीको अत्तरियामा रहेको जे.के माध्यामिक बिधालय आजवाट आफ्नै सुबिधा सम्पन्न भवनमा सरेको छ । बिधालयको नवनिर्मित भवनको

त्रिनगर मावि धनगढी बालविकास केन्द्र बन्द, शिक्षिका निकाला

धनगढी, मंसिर २८ ।   धनगढीको त्रिनगर माध्यमिक विद्यालयमा सञ्चालन हुँदै आएको बालविकास केन्द्र विद्यालय प्रशासनले बन्द गरेको छ । प्रशासनले उक्त