जसुलीको मायामा यसरी पागल हुदैछन् लोकपप गायक सुरेश चोखाल

 

हेमराज भट्ट , अत्तरिया , साउन ३ ।
छोटो समयमै नेपाली गित संङगित क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल लोकपप गायक सुरेश चोखालको डिजे बाला लोकपप गित जसुली भाग २ युटुवमा सार्वजनिक भएको छ । आफ्नो ब्यापार ब्यबसाय संगसंगै लामो समय देखि गीत संगितमा क्षेत्रमा संघर्ष गरिरहेका गोदावरी नगरपालिका वडा नं ७ लालपुर बस्ने चोखालले यस अघि आफ्नो पहिलो प्रस्तुति म त चेलो सुपको भन्ने देउडा गित बजारमा ल्याएका थिए । त्यस पछि लगत्तै उनले स साना केटाकेटी देखी युवायुवती , बुढापाखाहरु सबैलाई रमाउने खालको आईजा मेरी जसुली संगै बसुली बोलको लोकपप गित बजारमा ल्याए ।

 

 

पछिल्लो समयमा प्रदेश नं ७ मा मात्रै नभई देशका हरेक कुना कब्जामा हुने सास्कृतिक कार्यक्रमहरु देखि लिएर बिहेभोजमा सो गितमा थुपै्र केटाकेटी , युवायुवती देखि बुढापाखाहरु रमाई रहेका देखिन्छन् । सो गितलाई धेरैले मन पराएपछि एकाएक चर्चामा आएका उनले दर्शकहरुको मागलाई मध्येनजर गर्दै त्यस्तै खालको “ मलाई ह्याङ गरेको बेलीका दारु नसाले , मलाई ल्याङ गरेको तसै जसुली जसाले ” भन्ने सुदुरपश्चिमको भाषाहरुलाई समेटेर तयार पारिएको डिजेवाला गित जसुली २ बजारमा ल्याएका हुन् । सुरेश चोखालको स्वर , चर्चित र्याफर अराज केशबको र्याफ र सुशिल बोहराको शब्द , संगितमा तयार पारिएको यो गित बुधवारदेखी म्युजिक नेपालको युटुव च्यानलमा सार्वजनिक भएको छ ।

 

बुधवार राती मात्रै युटुव च्यानलमा सार्वजनिक गरिएको यो गितलाई अहिले सम्म २० हजार भन्दा बढि दर्शकहरुले हेरिसकेका छन् । बिजय तिखातरीको सम्पादन तथा निर्देशनमा तयार पारिएको यस गितको भिडियोमा चर्चीत मोडलहरु सशान्त साहु ,अर्जुन कुवर र करिष्मा ढकालको अभिनय रहेको छ ।

 

भिडियो हेर्न तल क्लिब गर्नुहोस ।

https://www.youtube.com/watch?v=SZNLGEl-nKY&feature=youtu.be

प्रतिकृया दिनुहोस

नेपाली सेलिब्रेटीको वडा दशैँ तस्बिरमा हेर्नुहोस

काठमाण्डौ ,कार्तिक ३ ।  यस बर्षको दशैँ पनि आम नागरिकले जस्तै नेपाली सेलिब्रेटीहरुले पनि हर्ष उल्लासका साथ मनाएका छन् । कतिपय कलाकारहरुले दशैँ

पूर्व तयारी नहुँदा रबि ओडको स्वागत अत्तरियामा अलग अलग संस्थाले आयोजना गरे

अत्तरिया ,असोज २९ ।  नेपालको चर्चित संगीत रियालिटी शो नेपाल आईडल सिजन २ मा अहिले सम्म सुदुरपश्चिम प्रदेशबाट एक्ला प्रतिस्पर्धी रहेका रवि ओडलाई

रवि ओडको धनगढीमा भब्य स्वागत

धनगढी ,असोज २८ ।  नेपाल को चर्चित संगीत रियालिटी शो नेपाल आईडलमा  सुदुरपश्चिम प्रदेशबाट नबौं स्थानमा  पुग्न सफल  रवि ओडको धनगढीमा भब्य स्वागत