कैलालीको धनगढीमा यहि फागुन ९ गतेदेखि प्रधानमन्त्री कप महिला राष्ट्रीय क्रिकेट प्रतियोगिता हुने

 

 

एफएम संम्वादाता ,अत्तरिया फागुन २ ।
कैलालीको धनगढीमा यहि फागुन ९ गतेदेखि प्रधानमन्त्री कप महिला राष्ट्रीय क्रिकेट प्रतियोगिता हुने भएको छ । सर्बाधिक धनराशीभएको नेपालमै पहिलो पटक धनगढीमा आयोजना हुन लागेको महिला राष्ट्रीय क्रिकेट प्रतियोगीताको लागी तयारी तिव्र पारीएको मङ्गलवार धनगढीमा आयोजीत पत्रकर सम्मेलनमा जानकारी दिईएको छ । फागुन ९ देखि १४ गतेसम्म धनगढी स्थीत फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगीताका लागी मुल समिती गठन गरेर तयारी भईरहेको आयोजकले बताएको छ ।  प्रतियोगितामा साविकका ५ विकाश क्षेत्र र विभागिय टोली एपीएफ गरि ६  टिमले सहभागिता जनाउने कैलाली जिल्ला खेलकुद विकाश समितिका उपाध्यक्ष समेत रहेका प्रतियोगिताका सयोजक बाबुराजा श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको विजेताले ५ लाख तथा उपविजेता २ लाख नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । वुमेन अफ द सिरीजलाई १० हजार र अन्य चार विधाका उत्कृष्ट खेलाडीलाई ५–५ हजारका दरले पुरुष्कार वितरण गरीने छ । प्रतियोगीता आयोजनाका लागी ३८ लाख ६३ हजार खर्च लाग्ने अनुमान गरीएको छ । अहिले मैदान निर्माण र पिच निर्माणको काम भईरहेको र सबै ६ वटा टिमको सहभागीता बारे टुङगो लागीसकेको आयोजक कैलाली जिल्ला खेलकुद विकास समितीका अध्यक्ष दिपक सिहले बताए । उनले प्रतियोगीतामा सहभागी हुने ६ टिमलाई २ समुहमा विभाजन गरी लिग चरणका आधारमा खेल तालीका बनाईरहेको बताएका छन् ।
 

 

 

प्रतिकृया दिनुहोस

बर्षाले डिपिएलका आज हुने खेल प्रभाबित

धनगढी, फागुन ४ ।  धनगढीको फाप्ला किर्केट मैदानमा जारी धनगढी प्रमियर लिग (डिपीएल) अन्तर्गत शनिबार काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सबीचको खेल

डिपिएल अन्तर्गत आजको दोस्रो खेल बर्षाका कारण स्थगित

धनगढी , फागुन ०२ । तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट अन्तर्गत आजको दोस्रो खेल बर्षाको कारण स्थगित भएको छ ।   विराटनगर

डीपीएलमा सिवाईसी अत्तरियाको लगातार दोस्रो जित

धनगढि ,  फागुन ०२  । आज भएको पहिलो खेलमा रुपन्देही च्यालेन्जर्सलाई ३९ रनले पराजित गर्दै अत्तरियाले लगातार दोस्रो जित निकालेको छ  । टस जितेर