डाक्टर गोविन्द केसी अनशनरत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गोली चल्यो

जुम्ला ,साउन ३ । 
चिकित्सा क्षेत्रको सुधारको माग गर्दै  डाक्टर गोविन्द केसी अनशनरत खलङ्गास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गोली चलेको छ । डा. केसीको अवस्था गम्भीर भएपछि उहालाई नेपाली सेनाको हेलिकप्टरबाट  काठमाडौँ लैजान तयारी भएको छ । उहालाई  पठाउन गएका प्रहरीको टोली तथा विद्यार्थी र केसीका समर्थकबीच झडपका क्रममा गोली चलेको हो । प्रहरीले चलाएको गोली लागेर एकजना प्रहरी घाइते भएका छन् । गोली लागेका प्रहरीको अहिले चिकित्सकहरुले प्रतिष्ठानकै बेडमा राखेर उपचारर गरिरहेका छन् ।  केसीको जीवनरक्षाका लागि सरकारले उनलाई काठमाडौँ ल्याउने तयारी गरेपछि झडप भएको हो । झडपका क्रममा १० जना भन्दा बढी घाइते भएका छन् । प्रतिष्ठान परिसरमा विद्यार्थी, महिलादेखि अन्य सर्वसाधरणको पनि बाक्लो उपस्थिति छ । सो क्षेत्रमा  सुरक्षाकर्मी पनि सयौँको संख्यामा परिचालित गरिएको छ ।

प्रतिकृया दिनुहोस

दरबन्दी अनुसारका डाक्टर नहुँदा बिरामी मर्कामा

बैतडी , माघ १८ । बैतडीको सुर्नया गाउँपालिका–८ ढोलेकी राधा बिकले घरमै बच्चा जन्माइन् । घर नजिकै बनेको सामुदायिक स्वास्थ्य इकाइमा कर्मचारी नहुँदा

राष्ट्रिय सभाबाट पनि ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ पारित

काठमाण्डौ , माघ १७ । राष्ट्रिय सभाबाट पनि ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ पारित भएको छ । बिहीबार बसेको राष्ट्रियसभा बैठकमा प्रमुख

सुशीला कार्की शिक्षण अस्पतालमा

काठमाडौं , माघ १६ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले महाराजगन्जस्थित शिक्षण अस्पताल पुगेर डा.केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।