नेपाल आमाको मुर्तीले पूर्व र पश्चिमलाई जोड्ने छ -जगतगुरु बालसन्त मोहनशरण देवाचार्य

गेटा ,साउन ३ । 
नेपालको प्रमुख जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले तीन करोड नेपाली जनताले अब  नेपाल आमा ढोग्न सुदूरपश्चिम आउनुपर्ने बताएका छन   छ।महेन्द्रनगर जाने क्रममा आज  धनगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्दै जगतगुरु देवाचार्यले सुदूरपश्चिममा बन्न लागेको नेपाल आमाको मुर्ती र सुनसरीको कोसी नदी तटमा बनेको कुम्भले पूर्व र पश्चिमलाई  भावनात्मक एकतालाई जोडेको बताए  । "पश्चिमका नेपालीहरु कुम्भ मेला भर्न सुदूर पूर्व कोसी नदीको तटमा जान्छन् र  पूर्वका  जनता नेपाल आमालाई हेर्न महाकालीमा आउनेछन्", उनले भने - "कञ्चनपुरको महाकाली तटमा निर्माण भइरहेको नेपाल आमाको ७५ फिट मुर्तीले पूर्व र पश्चिमलाई जोडने छ " । उनले  पौराणीक र शास्त्रीय रुपमा सुदूरपश्चिम महत्वपूर्ण हुदा हुदै पनि यो कुरालाई  महत्व दिन नसकिएको बताए । उनले भने  - मेरो प्रयास यो देब भुमीलाई यहाँका  तीर्थस्थलहरुको प्रचार प्रसार गर्नु पनि । धार्मिक जागरणका माध्यमबाट मुलुकलाई जोड्नुपर्ने संदेशसहित उनले देशका सबै जिल्लाहरुमा  पैदलयात्रा समेत गरीसकेका छन् । उनकै अगुवाईमा  कन्चनपुर जिल्लाको भिमदत नगरपालिका भाम्केनीधाममा ७५ फिट अग्लो अष्टधातुबाट नेपाल आमाको मुर्तीको निर्माण कार्य भाईरहेको छ। 

प्रतिकृया दिनुहोस

पन्त हत्या प्रकरण - स्थानीयले गरेको आन्दोलनका कारण कन्चनपुरमा तनाब कायमै

कन्चनपुर ,भाद्र ५ ।  कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको घटनामा प्रहरी अनुसन्धानमाथि प्रश्न उठाउँदै स्थानीयले

वास्तविक अपराधी लुकाउन खोजेको भन्दै महेन्द्रनगरमा तनाब

कन्चनपुर ,भाद्र ५ ।  कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको घटनामा प्रहरीले बास्तबिक हत्यारा लुकाउन खोजेको भन्दै

निर्मला पन्तको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका अभियुक्त सार्वजनिक

कञ्चनपुर , भदौ ०४ । कञ्चनपुरकि १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका अभियुक्तलाई सार्वजनिक गरिएको छ । हत्या