BREAKING: जुम्लामा अनशनरत डा गोविन्द केसी काठमाडौं फर्किए

जुम्ला ,साउन ३ । 
२० दिनदेखि जुम्लामा अनशनरत डा गोविन्द केसी काठमाडौं फर्किएका छन्। उनलाई काठमाडौं ल्याउनका सेनाको हेलिकप्टर आज  बिहान काठमाडौंबाट जुम्ला पुगेको थियो। डा केसीलाई काठमाडौं ल्याउने सरकारी प्रयास र ल्याउन नदिने स्थानीय तथा विद्यार्थीको अवरोधका बीच कर्णाली अस्पतालतको वातावरण तनावग्रस्त भएको थियो। अस्पतालमा झडप र सरकारको दमन बढेपछि डा केसी काठमाडौं जान तयार भएका थिए। उनलाई स्थानीयले माला लगाएर बिदा गरेका छन्। यसै बिच डा गोविन्द केसीको अनशनलाई साथ दिन प्रतिष्ठानमा जम्मा भएका विद्यार्थीलाई हटाउन भिडमा पसेका बेला प्रहरीकोतर्फबाट हानिएको  गोली लागेर प्रहरी जवान कमल उपाध्याय गम्भीर घाइते भएका छ्न ।   अहिले पनि उनको  अप्रेशन जारी छ ।  उनको दाहिने छातीमा गोली  लागेको थियो । प्रतिष्ठानमै चिकित्सकहरुले गरेको एक्सरेमा उनको दाहिने छाती भित्र गोली भेटिएको छ  । गोविन्द केसीलाई काठमाडौँ पठाउन उत्रिएका सुरक्षाकर्मी र विद्यार्थीबीच झडपका क्रममा कम्तिमा पनि १० जना घाइते भएका थिए । उनीहरुको पनि त्यहीँ उपचार भइरहेको छ । 

प्रतिकृया दिनुहोस

काठमाडौं उपत्यकाबाट २२ लाख यात्रु बाहिरिए

काठमाण्डौ ,असोज ३१ ।  काठमाडौँ उपत्यकाबाट दशैँ मनाउन २२ लाख यात्रु बाहिरिएका छन् । महानगरीय ट्राफिक महाशाखाका अनुसार विगत चार दिनको अवधिमा सो

नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि शुरु

काठमाण्डौ,असोज २४ ।  टीकाको साइत कात्तिक २ गते बिहान ९: ५१ मा प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व

कांग्रेसद्वारा सुदुरपश्चिम प्रदेशको राजधानी गोदावरी राख्ने निर्णय पुनःविचार गर्न सरकार संग माग

काठमाण्डौ ,असोज २२ ।  नेपाली कांग्रेसले सुदुरपश्चिम प्रदेशको राजधानीको गोदावरीको संस्थागत रुपमा नै बिरोध शुरु गरेको छ । उसले  प्रदेशको राजधानी