सरकार अधिनायकबाद तर्फ उन्मुख रहेकाले आफ्नै कारणले ढल्छ - कांग्रेस नेता प्रकाशमान सिंह


अत्तरिया ,सावन ४ । 
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले शहरमुखी र व्यापारीहरुलाई फाइदा हुने गरी चिकित्सा शिक्षा विधेयक ल्याउन खोजेको आरोप लगाउनु भएको छ ।आज धनगढी विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहांले    देश नयाँ संरचनामा गइसकेको ले  हरेक प्रदेशमा सरकारी मेडिकल कलेज, गुणस्तरीय स्वास्थ्य संस्था हुनु पर्नेमा अझै सरकार शहरीमुखी र व्यापारीहरुलाई फाइदा हुने काममा लागेको  आरोप लगाउनु भयो । नेता सिँहले   चिकित्सक शिक्षा विधेयक बर्तमान  सरकारले आफ्नै पार्टीका कार्यकर्ता, लगानीकर्ताहरुलाई फाइदा हुने गरी तोडमोड गरेर ल्याउन लागेको बताउनु भयो  । विधेयक तोडमोड गरेर ल्याएमा र आम नागरिकको चाहनाविपरित काम गरेमा नेपाली कांग्रेसले सडकदेखि सदनसम्म सशक्त ढंगमा प्रदर्शन गर्ने उहांले चेतावनी दिनु भयो ।   माथेमा प्रतिवेदनले दिएको सुझाव अनुसार विधेयक जारी भएमा अस्पतालको गुणस्तर, आम गरिव नागरिकको शिक्षामा पहुँच र शिक्षा क्षेत्रमा सुधार हुने दावी गर्नु भयो । वर्तमान सरकार अधिनायकवादी र सर्वसत्तावादीलाई बढुवा दिइरहेको नेता सिंहको भनाइ रहेको छ । यसै बिच नेता सिंहले अत्तरियामा रहेका  नेपाली कांग्रेसका अगुवा नेता कार्यक्रता सँग पनि भेटघाट गर्नु भएको छ । भेटका क्रममा उँहाले सरकार अधिनायकबाद तर्फ उन्मुख रहेकाले यस्तै गतीबिधी जारी राखे  आफ्नै कारणले सरकार ढल्ने बताएको नेपाली कांग्रेसका नेता फणिन्द्र भण्डारीले जानकारी दिनु भयो । 

प्रतिकृया दिनुहोस

प्रदेश सातमा विषयगत समितिहरु अझै नेतृत्व विहीन

धनगढी , भदौ ०४ । प्रदेश ७ का विषयगत समितिहरु अझै नेतृत्व विहीन अवस्थामा रहेका छन । प्रदेश सरकार गठन भएको ७ महिना बितिसक्दा पनि विषयगत समितिहरु अझै

नेकपाको प्रदेश ७ को अध्यक्षमा कर्ण थापा र सचिबमा लक्ष्मी जोशीको नाम सिफारिस

काठमाण्डौ ,भाद्र ३ ।  नेकपाको सात नम्बर प्रदेश कार्यदलले पनि प्रतिवेदन बुझाएको छ । निर्धारित समयसीमाभित्रै प्रतिवेदन तयार पारी बुझाइएको कार्यदलका

प्रदेश ७ मा नेकपाको जिल्ला नेत्रत्वको लागी आन्तरिक किचलो शुरु

अत्तरिया ,भाद्र ३ ।  तकालिन एमाले र माओबादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेपछि  कैलालीमा नेत्रित्वको लागी फेरी दौडधुप शुरु भएको छ