विश्वभर आज प्रणय दिबस मनाइदै

फागुन २ , अत्तरिया  ।
 विश्वभर बुधबार भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाईंदै छ । विशेष गरी युवा युवतीले यसलाई विशेष चाडकै रुपमा मनाउने गरेका छन् । नेपालमा पनि पछिल्ला केही वर्षदेखि प्रेम दिवस विशेष रुपले मनाउने गरिन्छ । यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने तथा आफूलाई मन परेका व्यक्तिसमक्ष प्रेम प्रस्ताव राख्ने गर्दछन । यस अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम हुँदैछन् । अहिले विश्वभर युवायुवतीले विशेष महत्वका साथ मनाउने भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवसका बारेमा विभिन्न किंवदन्ती पाइन्छ । भ्यालेन्टाइन डे को औपचारिक शुरुवात सन् २६९ बाट रोमनबाट भएको मानिन्छ । यो दिवससँग एउटा दुःखान्त प्रेम कथा जोडिएको छ । तत्कालीन रोमन सम्राट क्लाउडियस द्वितीयले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लगाएका थिए । प्रेम र विवाहले सैनिक कमजोर हुन्छन् तथा युद्धसँग सम्बन्धित गोप्य सूचना बाहिर सार्वजनिक हुन्छ भन्ने धारणाले सम्राट क्लाउडियसले प्रेम तथा विवाहमा रोक लगाएका थिए । तर सम्राटको नियम मन नपराउनेमध्ये रोमनका पादरी सन्त भ्यालेन्टाइनले प्रेमको पक्षमा आवाज उठाएका थिए । उनले प्रतिबन्ध उल्लंघन गर्दै धेरै सैनिकको सार्वजनिक रुपमा विवाह गराएका थिए । सम्राटले उनलाई पक्राउ गरी मृत्युदण्डको सजायँ सुनाएर जेलमा राखेका थिए । जेलमा रहँदा सन्त भ्यालेन्टाइनको जेलरकी दृष्टिविहीन छोरीसँग माया बसेको थियो । आफूलाई मृत्युदण्ड दिनुअघि सन्त भ्यालेन्टाइनले लभ फ्रम योर भ्यालेन्टाइन भन्ने हस्ताक्षर सहितको प्रेमपत्र आफ्नी प्रेमिका अर्थात् जेलरकी छोरीलाई दिएको कथन छ । उनले आफ्ना दुवै आँखा प्रेमिकालाई दिएर मृत्युदण्ड स्वीकारेका थिए । उनलाई सन् २६९ को फेब्रअरी १४ मा मृत्युदण्ड दिइएको थियो । सन्त भ्यालेन्टाइनले प्रेमका लागि गरेको त्यस त्यागको सम्झनामा विश्वभर हरेक वर्ष १४ फेब्रुअरीमा प्रेम दिवसको रुपमा भ्यालेन्टाइन डे मनाउने गरिएको हो । दिबसकै अबसर पारेर धनगढीका ठुला होटेलहरुले आज साँझ बिबिध सासकृतिक कार्यक्रमहरुको आयोजना गरेका छन । बिबिध मनोरन्जनात्मक कार्यक्रमका साथ  प्रणय दिबसको   शुभकामना आदनप्रदान गर्ने उदेश्यले गरिएको होटेलहरुले जनाएका छन ।   

प्रतिकृया दिनुहोस

केन्द्र सरकारले सबै प्रदेशमा सञ्चार ग्राम स्थापना गर्ने

काठमान्डौ , भदौ ०५ । सरकारले सबै प्रदेशमा सञ्चार ग्राम स्थापना गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सबै प्रदेशमा संचार

पेट्रोलियम पदार्थमा फेरी मूल्य बृद्धि

काठमान्डौ , भदौ ०४ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आयल निगमले पेट्रोल, डिजेल मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएको हो ।

प्रदेश न २ भाग्यमानी हो,कोलकाता पुग्ने पानी जहाज पनि यसै प्रदेशबाट चल्छ - प्रधानमन्त्री ओली

जनकपुर ,भाद्र २ ।  प्रधानमन्त्री केपी आलीले संविधान संशोधन गर्न सकिने बताएका छन् । शनिबार  प्रदेश २ को संसदलाई सम्बोधन गर्दै संविधान कुनै