प्रदेश ७ को प्रदेशसभा बैठक स्थगित

धनगढी , साउन ७ । 

प्रदेश ७ को प्रदेशसभा बैठक आज सूचना टाँस गरेर स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले बैठक अवरुद्ध गर्ने भएपछि प्रदेशसभा सचिवालयले अर्को सूचना प्रकाशित नभएसम्मका लागि बैठक स्थगित भएको जनाएको छ । शुक्रबारको बैठक अवरुद्ध भएपछि आजका लागि डाँकिएको थियो । अनसनरत डा. गोविन्द केसीले उठाएका मागहरु पुरा हुनुपर्ने र केसीको जीवन रक्षा गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले संघिय संसद र  प्रदेश सभाका  बैठक अवरोध गर्दै आएको छ । आजका लागि बोलाइएको बैठकमा समेत कांग्रेस सांसदहरुले विरोध जारी राख्ने सँकेत दिएपछि बैठक स्थगित भएको हो ।

प्रतिकृया दिनुहोस

प्रदेश सातमा विषयगत समितिहरु अझै नेतृत्व विहीन

धनगढी , भदौ ०४ । प्रदेश ७ का विषयगत समितिहरु अझै नेतृत्व विहीन अवस्थामा रहेका छन । प्रदेश सरकार गठन भएको ७ महिना बितिसक्दा पनि विषयगत समितिहरु अझै

नेकपाको प्रदेश ७ को अध्यक्षमा कर्ण थापा र सचिबमा लक्ष्मी जोशीको नाम सिफारिस

काठमाण्डौ ,भाद्र ३ ।  नेकपाको सात नम्बर प्रदेश कार्यदलले पनि प्रतिवेदन बुझाएको छ । निर्धारित समयसीमाभित्रै प्रतिवेदन तयार पारी बुझाइएको कार्यदलका

प्रदेश ७ मा नेकपाको जिल्ला नेत्रत्वको लागी आन्तरिक किचलो शुरु

अत्तरिया ,भाद्र ३ ।  तकालिन एमाले र माओबादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेपछि  कैलालीमा नेत्रित्वको लागी फेरी दौडधुप शुरु भएको छ