प्रदेश सातको गौरबको रुपमा लोवर चमेलिया जलबिधुत आयोजनालाई प्रदेश सरकारले बनाउने तयारी - अर्थमन्त्री झपट बोहोरा ( भिडियो )

धनगढी ,साउन ८ । 
प्रदेश सातका अर्थमन्त्री झपट बोहोराले सरकारले प्रदेश सरकारले  बस सन्चालनमा ल्याउने तयारी गरिरहेको बताएका छन् ।"गत आर्थिक बर्षको बजेटमा नै समाबेश भएको बस सन्चालन गर्ने योजना भौतिक योजना मन्त्रालयले तयारी गरीरहेको छ,"आज धनगढीमा संचारमाध्यमका प्रतिनिधीहरु सँगको भेटमा उनले भने-"निजी क्षेत्रलाई अप्ठायारो नपर्ने गर्ने प्रदेशका सबै जिल्लाहरुमा बस सेवा सन्चालन हुन्छ"।बस सेवा नाफा कमाउने उदेश्यले नभई सेवा दिने उदेश्यले सन्चालन गर्ने मन्त्री बोहोराको भनाई छ ।उनले  प्रदेशमा धार्मिक पर्यटन गतिबिधी बढाउन प्रदेश पर्यटन बोर्ड गठन गर्ने समेत जानकारी दिए। मन्त्री बोहोराले प्रदेशमा रहेका जटीबुढीलाई  प्रशोधन गर्न प्रशोधन केन्द्र खोल्नको लागी १० करोड रकम बिनियोजित गरिएको जानकारी दिए। प्रदेश सातका पाहाडी जिल्लामा रहेका १६ वटा निर्बाचन क्षेत्रमा एम्बुलेन्स सेवा र मिनी अप्रेशन थिएटर पनि सन्चालनमा ल्याउने तयारी प्रदेश सरकारले गरेको छ। मन्त्री बोहोराले भने - पहाडी जिल्लामा स्वास्थ्य सेवालाई मध्यनजर गरेर सबै निर्बाचन क्षेत्रमा एमुलेन्स सेवा सन्चालन गर्दैछौँ । प्रदेशमा बाह्य लगानी भित्र्याउन प्रदेश लगानी बोर्ड गठन गर्ने पनि प्रदेश सरकारले तयारी गरिरहेको मन्त्री बोहोराले जानकारी दिए । प्रदेशमा रहेका जल बिधुत आयोजनालाई अगाढी बढाउने प्रदेश जलबिद्युत बोर्डको पनि स्थापना गरिने भएको छ। मन्त्री बोहोराले ५० देखी १०0 मेघावाट सम्मका जल बिद्युतका योजनालाई प्रदेश सरकारले नै बनाउने गरी केन्द्र सरकारले अक्तियारी दिने तयारी गरीरहेको जानकारी दिए ।"प्रदेशको गौरबको योजनाको रुपमा लोवर चमेलियालाई प्रदेश सरकारले बनाउने तयारी गरेको छ," उनले भने-" हामी  आफ्नो लगानीमा यही आर्थिक बर्षबाट काम शुरु गर्दै छौं "।  उनले  प्रदेश सातमा रहेका ८८ वटा स्थानिय तहमा सहुलियत दरका सुपथ पसलहरु पनि सन्चालनमा ल्याउने तयारी गरीरहेको बताए। अहिलेको बजेटमा ९४ प्रतिशत केन्द्र सरकारको अनुदानमा भर पर्नु पर्ने भएकोले ६ प्रतिशत मात्रै आफ्नो बित्तीय स्रोतबाट जुटाउनु पर्ने उनको भनाई रहेको छ । उनले  कर्मचारी सन्यन्त्रको अभाबले बजेट कार्यान्वयनको समस्या भएपनी श्राबण महिना भित्र कर्मचारी नआए प्रदेश सरकारले नै लोकसेवा मार्फत कर्मचारी भर्ना गर्ने जानकारी दिए  ।   

प्रतिकृया दिनुहोस

दुई महिनाको कर संकलनबाट सुदुरपश्चिम प्रदेश सरकार उत्साही

धनगढी ,असोज २१।  सुदूरपश्चिम प्रदेशमा सरकारले चालु आ .ब को दुई महिनामा झण्डै १० करोड राजस्व / कर संकलन गरेको जनाएको छ । सुदूरपश्चिम प्रदेशका आर्थिक

इन्धन: ८ महिनामा ९ पटक मूल्यवृद्धि

काठमाण्डौ ,असोज १८ ।  वर्षमा एक अर्बको चुहावटलाई वैधानिक मान्यता, प्रशासनिक खर्च पनि अनियन्त्रित, पछिल्लो अढाइ महिनामा एक अर्ब घाटा संसद्को

अत्तरिया उधोग बाणीज्य संघको साधारण सभा शुरु ,मतदान दिउंसो १ बजेबाट शुरु हुने

अत्तरिया ,असोज १२ ।  अत्तरिया उधोग बाणिज्य संघको दोस्रो  साधारण सभा अत्तरियामा शुरु भएको छ । बिहान सम्पन्न उदघाटन सत्रको एक कार्यक्रमका बिच