कानूनमन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिए

काठमाण्डौ ,साउन ८ ।  
कानूनमन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएका छन् । बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे दिएको अभिव्यक्ति विवादमा परेपछि तामाङले मंगलबार राजीनामा दिएका हुन् ।मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा राजीनामा घोषणा गर्दा तामाङले जनतालाई शिरमा राखेर काम गरेको भएपनी  आफ्ना कमजोरीलाई नै मुख्य मुद्दा बनाएर प्रचार गरिएको भन्दै  दुःख व्यक्त गरे ।पत्नी उषाकला राईसँगै उपस्थित भएका मन्त्री तामाङले  नेपाली नारीहरुप्रति सम्मान रहेको बताए । "कोही पनि नारीमाथि हिंसा हुनुहुन्न भन्ने मान्छु," उनले भने -" महिलाहरुको हक अधिकारका लागि काम गरेको आफूलाई त्यही विषयले लखेटे।"  । छाेरीको अस्मिताका लागि अाफूले सधैं लडेकाे उनले स्मरण गराए । बंगलादेशमा महिलामाथि हिंसा भएकाे सुनेर स्तब्ध भर्इ अाफूले त्यसबारे बोलेकाे उनले बताए । बंगलादेश अध्ययनका लागि गएका नेपाली छात्राहरुको बारेमा उनले दिएको अभिव्यक्ति विवादास्पद भएपछि उनको चौतर्फी आलोचना भएपछि उनलाई  बर्खास्त गर्न आग्रह गरिएको थियो ।

प्रतिकृया दिनुहोस

प्रदेश सातमा विषयगत समितिहरु अझै नेतृत्व विहीन

धनगढी , भदौ ०४ । प्रदेश ७ का विषयगत समितिहरु अझै नेतृत्व विहीन अवस्थामा रहेका छन । प्रदेश सरकार गठन भएको ७ महिना बितिसक्दा पनि विषयगत समितिहरु अझै

नेकपाको प्रदेश ७ को अध्यक्षमा कर्ण थापा र सचिबमा लक्ष्मी जोशीको नाम सिफारिस

काठमाण्डौ ,भाद्र ३ ।  नेकपाको सात नम्बर प्रदेश कार्यदलले पनि प्रतिवेदन बुझाएको छ । निर्धारित समयसीमाभित्रै प्रतिवेदन तयार पारी बुझाइएको कार्यदलका

प्रदेश ७ मा नेकपाको जिल्ला नेत्रत्वको लागी आन्तरिक किचलो शुरु

अत्तरिया ,भाद्र ३ ।  तकालिन एमाले र माओबादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेपछि  कैलालीमा नेत्रित्वको लागी फेरी दौडधुप शुरु भएको छ