निर्मला पन्तको हत्यारा तत्काल पत्ता लगाई कडा कार्वाही गर्न सांसद्हरुको सरकारसँग माग

काठमाण्डौ ,साउन १३ ।  

कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा तत्काल पत्ता लगाई कडा कार्वाही गर्न सांसद्हरुले  सरकारसँग माग गरेका छन्। आजको   केन्द्रिय संसदमा  बोल्ने साँसदहरुले यस्तो माग गरेका हुन । कांग्रेस नेतृ उमा रेग्मीले भारत र अमेरिकामा पनि बलात्कारीलाई मृत्युदण्डको सजायको व्यवस्था रहेको जानकारी दिँदै नेपालमा पनि हत्या गर्नेलाई  त्यस्तै व्यवस्था गर्नुपर्ने बताउनु भयो ।  नेकपाकी सांसद निरुदेवी पालले निर्मलाको लासमाथि कतिपय दलले राजनीति गर्न खोजेको आरोप लगाउनु भयो  । उहाले  पन्तको हत्यामा संलग्नलाई सर्वस्वसहित जन्मकैदको माग गर्नु भयो ।  संसद बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले घटनाको निन्दा र भत्सर्ना गर्दै हत्यारालाई पक्राउ गरी कार्वाही गर्न सरकारसँग माग गर्नु भयो  ।सांसद लक्ष्मी परियारले हत्यारा खोजीको माग गर्दै गरिएको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको भन्दै सरकारको आलोचना गर्नु भयो  । कञ्चनपुरमा १३ वर्षिया बालिका निर्मला पन्त हत्या प्रकरणमा उठाएका माग पूरा गर्ने स्थानीय प्रशासनले सहमती जनाएपछि आफन्त शव बुझ्न सहमत भएका छन् ।  शनिबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा पीडित पक्ष र प्रहरी प्रशासनबीच भएको छलफलमा  माग पूरा गर्ने सहमती भएपछि मृतकका आफन्त शव बुझ्न सहमत भएका हुन् ।  भीमदत्त नगरपालिका २ उल्टाखामकी बालिका निर्मला पन्त बलात्कारपछि हत्या गरेर उखुबारीमा फालिएको अवस्थामा बीहिबार फेला परेकी थिईन् । 

प्रतिकृया दिनुहोस

काठमाडौं उपत्यकाबाट २२ लाख यात्रु बाहिरिए

काठमाण्डौ ,असोज ३१ ।  काठमाडौँ उपत्यकाबाट दशैँ मनाउन २२ लाख यात्रु बाहिरिएका छन् । महानगरीय ट्राफिक महाशाखाका अनुसार विगत चार दिनको अवधिमा सो

नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि शुरु

काठमाण्डौ,असोज २४ ।  टीकाको साइत कात्तिक २ गते बिहान ९: ५१ मा प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व

कांग्रेसद्वारा सुदुरपश्चिम प्रदेशको राजधानी गोदावरी राख्ने निर्णय पुनःविचार गर्न सरकार संग माग

काठमाण्डौ ,असोज २२ ।  नेपाली कांग्रेसले सुदुरपश्चिम प्रदेशको राजधानीको गोदावरीको संस्थागत रुपमा नै बिरोध शुरु गरेको छ । उसले  प्रदेशको राजधानी