प्रदेश ७ को संसदमा सांसदहरुले कञ्चनपुरमा बालिका बलात्कृत भएको घटनाबारे चर्को आवाज उठाए

धनगढी , साउन १३ । 
प्रदेश ७ को  संसदमा  सांसदहरुले कञ्चनपुरमा बालिका बलात्कृत भएको घटनाबारे आवाज उठाएका छन् । आज बसेको बैठकको सुरुमै विशेष समयमा बोल्दै प्रदेशसभा सदस्यहरु रणबहादुर रावल, देवकी मल्ल, प्रकाश रावल र तारा लामा तामाङले निर्मला हत्या लगायत शान्ति सुरक्षाको अवस्था बारे सरकारको ध्यानाकर्षण गराएका थिए । सांसदहरुले सरकारको ध्यानाकर्षण गराएपछि संसदलाई सम्बोधन गर्दै आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले कञ्चनपुरमा बालिका बलात्कृत भएको घटनाबारे गम्भीर छानविन भइरहेको बताएका छन्  ।  मन्त्री शाहले प्रहरीले अनसन्धान तीब्र पारेको र दोषीलाई कानूनी दायरामा ल्याएरै छोड्ने बताए  । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको गत बिहीबार बलात्कारपछि हत्या गरेको अवस्थामा निम्बुखेडाको उखुबारीमा शव फेला परेको थियो ।  मन्त्री शाहले पछिल्लो समयमा अपराधिक घटनाहरु बढेका भएपनि संलग्नलाई उम्किन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । "प्रहरीले निर्मला हत्या घटनाको गम्भीर अनुसन्धान गरिरहेको छ", मन्त्री शाहले भने -" जघन्य अपराधमा संलग्नहरु कुनैपनि हालतमा उम्कन पाउने छैनन्   मन्त्री शाहले प्रदेश सरकारबाट सुरक्षा निकाय परिचालनका लागि प्रदेश कानून नभएको संक्रमण अवस्थाको फाइदा उठाउदै अपराधीहरुले टाउको ठड्याएको बताए । उनले भने -प्रदेश सरकारले नै अहिले प्रहरी प्रशाशनलाई परिचालन गर्न कानुनी समस्या छ् त्यसैको फाईदा अपराधीहरुले लिने खोजेको देखीयो ।  

प्रतिकृया दिनुहोस

धनगढीलाई ब्यबसायिक,अत्तरियालाई प्रशासनिक र दिपायललाई शैक्षिक सांस्कृतिक केन्द्र बनाउन योजना बनाउनु पर्छ- पूर्वमन्त्री भट्ट

अत्तरिया ,असोज ३०।  पूर्वमन्त्री लेखराज भट्टले सुदुरपश्चिम प्रदेश सरकार ले गोदावरी राजधानी बनाउने निर्णय उपयुक्त रहेको बताएका छन् । आज आफ्नै

सबैको सहयोग भए सुदुरपश्चिम प्रदेश सबै धर्म ,कला संस्कृतिको साझा फुलबारी बन्ने छ - मुख्यमन्त्री भट्ट (भिडियो)

धनगढी ,असोज २३ ।  सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकार नया ब्यबस्था भएकोले कार्यशैलीमा पनि  नया पन दिनु पर्ने बताउनु