पहिलो एकदिवसीय क्रिकेटमा नेपाल नेदरल्याण्ड्ससँग ५५ रनले पराजित

काठमान्डौ , साउन १६ ।
पहिलो एकदिवसीय क्रिकेटमा नेपाल नेदरल्याण्ड्ससँग ५५ रनले पराजित भएको छ । नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेल्दै उत्कृष्ट सुरुवात गराएका थिए । तर २१ रनको व्यक्तिगत स्कोरमा अनिल साह आउट भएपछि नेपालको पारी धरमराउन शुरु भएको थियो । १९० रनको लक्ष्य पछ्याएको नेपाल १३४ रनमा समेटिएको छ । दीपेन्द्र सिंह ऐरीले पारी सम्हाल्न खोजे पनि उनी ३३ रनमा पेभेलियन फर्किएका थिए । त्यसैगरी कप्तान पारस खड्काले बलिङमा उत्कृष्ट प्रदर्शन गरे पनि ब्याटिङ भने उनको चल्न सकेन । उनी १२ रनमा आउट भए । शक्ति गौचन ४ रन जोड्दै नट आउट रहे ।

 

चार जना ब्याट्सम्यानले खाता नै खोल्न सकेनन् । आरिफ शेख, सोमपाल कामी र बसन्त रेग्मी, करन केसी खाता नै नखोली आउट भएका हुन् । सन्दीप लामिछानेले एक रन जोडेका थिए । फिल्डिङ गर्दा औंलामा चोट लागेका शरद भेषावकर अन्तिम नम्बरमा ब्याटिङमा आउनु पनि नेपालकालागि दुर्भाग्य बन्यो । उनी जम्मा ४ रनमा आउट भएपछि नेपालको पारि सकिएको थियो ।

 

नेपालका कप्तान पारस खड्काले सर्वाधिक ४ विकेट लिए । यसैगरी सोमपाल कामी, बसन्त रेग्मी, करन केसी र सन्दीप लामिछानले एक एक विकेट लिएका थिए । नेपाललाई रोक्ने क्रममा नेदरल्याण्ड्सका पिटर स्लेनर, मिचेल रिप्पोन तथा फिडर क्लासेनले तीन तीन विकेट लिए । टस जिति पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले नेपाललाई १८९ रन बनाएको थियो । नेदरल्याण्ड्स ४७ ओभर चार बलमा अलआउट भएको थियो । नेपाली बलरले उत्कृष्ट प्रदर्शन गर्दै नेदरल्याण्ड्सलाई दबाबमा राखेका थिए । अर्कोे खेल  शुक्रबार हुने छ ।

प्रतिकृया दिनुहोस

वनदेवि युवा क्लबको नया नेतृत्ब चयन , अध्यक्षमा जोशी

अत्तरिया , साउन १९  । प्रदेश नं ७ अर्थात सुदुरपश्चिममा सर्वप्रथम सबैभन्दा ठुलो धनराशी भएको फुटबल प्रतियोगिता गराउन सफल वनदेवी युवा क्लबको नया

नेपाल नेदरल्याण्ड्ससँग आज ऐतिहासिक एकदिवसीय क्रिकेट खेल्दै

काठमाडौं, साउन १६ । नेपालले आज नेदरल्याण्ड्ससँग ऐतिहासिक एकदिवसीय क्रिकेट खेल्दैछ । खेल नेपाली समय अनुसार पौने ३ बजे आमस्टेल्भिन स्टेडियममा हुनेछ ।

वेल्जियमलाई हराउँदै फ्रान्स १२ बर्षपछि विश्वकप फुटबलको फाइनल प्रवेश

काठमान्डौ , असार २७ । वेल्जियमलाई १ – ० ले हराउँदै फ्रान्स विश्वकप फुटबलको फाइनल प्रवेश गरेको छ ।  चालु विश्वकपमा एक खेल पनि नहारेको वेल्जियम गएराति