प्रधानन्यायाधीशका लागि प्रस्तावित दीपकराज जोशीको बाटो बन्द

काठमाण्डौ ,साउन १८ । 
प्रधानन्यायाधीशका लागि प्रस्तावित दीपकराज जोशीको नाम संसदीय सुनुवाइ समितिबाट दुई तिहाइ बहुमतले अस्वीकृत भएको छ।प्रमुख विपक्षी दल कांग्रेसले बैठक बहिस्कार गर्दा दुई तिहाई बहुमतका आधारमा जोशी अस्वीकृत भएका हुन् ।कांग्रेसले मतदान प्रक्रियामा भाग नलिएपछि जोशीको पक्षमा एक भोट पनि खसेन भने विपक्षमा १० मत खस्यो ।

 सुनुवाइ समितिमा रहेका १५ सदस्य मध्ये कांग्रेसबाट प्रतिनिधित्व गरेका ४ जनाले समितिको बैठक बहिष्कार गरेपनि दुई तिहाइ बहुमतले अर्थात १० जना सांसदले जोशीको नाम अस्वीकृत गरेका हुन् । जसमा सत्तारुढ दलका तर्फबाट नेकपाका ९ र संघीय फोरमका १ गरी १० जना सांसद जोशीको विपक्षमा रहेका थिए ।

अस्वीकृत गर्नुपर्नाको कारण बताउँदै सत्तारुढ नेकपाका सांसद योगेश भट्टराईले जोशीले सनुवाइ समितिमा सांसदहरुले उठाएको चित्त बुझ्दो जवाफ नदिएको, उनले गरेका फैसलाहरु विवादास्पद देखिएको उनको शैक्षिक प्रमाण पत्रमा देखिएको त्रुटीबारे स्पष्ट जवाफ नदिएको लगायतका कारणले जोशी प्रध्यानन्यायाधीश पदका लागि योग्य नभएको समितिले ठहर गरेको बताए ।

प्रतिकृया दिनुहोस

केन्द्र सरकारले सबै प्रदेशमा सञ्चार ग्राम स्थापना गर्ने

काठमान्डौ , भदौ ०५ । सरकारले सबै प्रदेशमा सञ्चार ग्राम स्थापना गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सबै प्रदेशमा संचार

पेट्रोलियम पदार्थमा फेरी मूल्य बृद्धि

काठमान्डौ , भदौ ०४ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आयल निगमले पेट्रोल, डिजेल मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएको हो ।

प्रदेश न २ भाग्यमानी हो,कोलकाता पुग्ने पानी जहाज पनि यसै प्रदेशबाट चल्छ - प्रधानमन्त्री ओली

जनकपुर ,भाद्र २ ।  प्रधानमन्त्री केपी आलीले संविधान संशोधन गर्न सकिने बताएका छन् । शनिबार  प्रदेश २ को संसदलाई सम्बोधन गर्दै संविधान कुनै