फागुन ४ गते मुख्य मन्त्रीको लागी दाबी पेश गर्न प्रदेश प्रमुखको आव्हान

धनगढी, २ फागुन ।

प्रदेश सातमा सरकार गठन प्रकृया शुरु भएको छ । सभामुखको चयन सँगै उनले आज पदभार ग्रहण गरेका छन । आज नै प्रदेश नं ७ का प्रदेश प्रमुख मोहनराज मल्लले   मुख्य मन्त्रीका लागि दावी पेश गर्न प्रदेशसभा सदस्यहरुलाई आव्हान गर्नु भएको छ ।
 प्रमुखको कार्यालयले  नेपालको संविधान २०७२ को धारा १८६ को उपधारा २ बमोजिम प्रदेशसभामा रहेका  सदस्यको बहुमत सर्मथन स्पष्ट देखिने गरी फागुन ४ गते दिउसो ११ बजे भित्र प्रदेश प्रमुखको कार्यालयमा दावी पेश गर्न भनेको  छ ।

प्रदेश नं ७ मा कुनैपनि दलको स्पष्ट बहुमत नदेखिएकाले  बहुमत सहित दावी पेश गर्न भनिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ  । प्रदेश प्रमुखले   मुख्यमन्त्री नियुक्ति र प्रदेश सरकार गठनबारे राजनीतिक दलहरुसंग  छलफल समेत गर्नु भएको छ ।मुख्य मन्त्रीमा बाम गठबन्धनको तर्फबाट माओबादी केन्द्रका सासद त्रिलोचन भट्टलाई बनाउने यस अघी नै सार्बजनिक गरीसकेको छ ।

प्रतिकृया दिनुहोस

सात नम्बर प्रदेशको पहिलो मन्त्री परिषदको पहिलो बैठकले भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलता निती लियो, राष्टीय गौरबका योजनाको प्रभाबकारी कार्यन्वयन गर्ने निर्णय

फागुन ६ , धनगढी ।  प्रदेश नम्बर सातको पहिलो वैठक शनिबार बसेको छ । मुख्य मन्त्री र अन्य मन्त्रीहरुले पदभार ग्रहण गरेपछी बैठक मुख्य मन्त्रीको कार्यलय

प्रदेश सातको उपसभामुखमा जोशी निर्बिरोध

फागुन ६, धनगढी  प्रदेश नम्वर ७ को प्रदेशसभा बैठकले आईतवार (आज ) उपसभामुख चयन गरेको  छ । संसदको दोस्रो बैठकले उपसभामुखको चयनका लागी आज तेस्रो बैठक

सात नम्बर प्रदेशमा सबै मन्त्रीहरुद्वारा पदभार ग्रहण

फागुन ६, धनगढी  प्रदेश नम्बर सातका सबै नब नियुक्त मन्त्रीहरुले आज आ आफ्नो मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका छन । मुख्य मन्त्रीको सपथ लगत्तै पलाई