सबै प्रदेशमा कम्तीमा एक अन्तर्रा्ष्ट्रिय विमानस्थल बनाउने केन्द्र सरकारको घोषणा

काठमान्डौ , साउन १९ ।
केन्द्र सरकारले सबै प्रदेशमा कम्तीमा एक अन्तर्रा्ष्ट्रिय विमानस्थल बनाउने घोषणा गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन क्षेत्रको विकासमा अपनाइने पाँचवर्षे कार्य्दिशामा अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणको कार्यक्रम समेटेको हो । अहिले प्रदेश ३ मा मात्र त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल सञ्चालनमा छ । प्रदेश ४ मा पोखरा विमानस्थल निर्माणाधीन अवस्थामा छ भने प्रदेश ५ को भैरहवामा पनि गौतमबुद्ध विमानस्थल बनिरहेको छ ।

 

सरकारले बाराको निजगढमा दोस्रो अन्तर्रा्ष्ट्रिय विमानस्थल बनाउने प्रक्रिया सुरु गरिसकेको छ । यसबाहेक प्रदेश १ को विराटनगर र प्रदेश ७ को धनगढी विमानस्थललाई पनि क्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमानस्थलका रूपमा स्तरोन्नति गर्ने पर्यटन मन्त्रालयको योजना छ । पर्यटनमन्त्री रवीन्द्र अधिकारीले  सातवटै प्रदेशका पर्यटनमन्त्रीसमेतको उपस्थितिमा पाँचवर्षे कार्ययोजना सार्वजनिक गरेका हुन । मन्त्रालयको पाँचवर्षे योजनाले आगामी ५ वर्ष्भित्र वार्षिक २५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । सन् २०२० मा २० लाख पर्यटक ल्याउने लक्ष्यसहित सरकारले भिजिट नेपाल २०२० मनाउँदै छ । पाँचवर्षे अवधिमा निजगढ विमानस्थलको निर्माण ५० प्रतिशत पूरा भइसक्ने सरकारको घोषणा छ । मन्त्रालयको पाँचवर्षे योजनाअनुसार नयाँ गन्तव्य तयार भई पर्यटकीय आकर्षणको केन्द्र बन्ने मन्त्रालयले उल्लेख गरेको छ । यस अवधिमा मन्त्रालयले प्रदेश र स्थानीय तहसँग समन्वय गरेरै पर्यटन प्रवद्र्धन र विकासका कार्यक्रम सञ्चालन गर्ने बताएको छ ।

 

प्रतिकृया दिनुहोस

पूर्व राजा ज्ञानेन्द्र शाहको पोखरामा भव्य स्वागत

पोखरा, पुष २ ।  पोखराका धार्मिक मठमन्दिरको दर्शन एवम् विभिन्न पर्यटकीय स्थलको अवलोकन गर्ने उद्देश्यका साथ निजी भ्रमणमा आज पोखरा पुग्नुभएका पूर्व

टिकापुर घटनासम्बन्धी मुद्दा न्यायधिसद्वय दीपकराज जोशी र सपना प्रधान मल्लको संयुक्त इजलासमा

काठमाण्डौ,पुष २  सर्वोच्च अदालतमा (आज) सोमबार टिकापुर घटनासम्बन्धी मुद्दाको कर्तव्य ज्यान, डाँका, चोरी तथा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा

अवैधरुपमा नेपाल भित्र्याएपछि हराएको ३३ किलो सुन भारतमा बरामद

काठमाडौं ,पुस ०१। अवैधरुपमा नेपाल भित्र्याएपछि हराएको ३३ किलो सुन भारतमा बरामद भएको छ। भारतीय प्रहरीय र त्यहाँको राजस्व अनुसन्धान विभाग टोलीले गत