अत्तरिया – ओलानी जोड्ने चाक्ले खोलामा पुल नहुदा ओलानीबासीलाई सास्ती

अत्तरिया , साउन १९  ।
कैलालीको अत्तरियावाट करिब ७ ,८ किलोमिटर दक्षिण तर्फ रहेको अत्तरिया ओलानी सडक खण्डको बिचमा पर्ने चाक्ले खोलामा पुल नहुदा ओलानीबासी निकै सास्ती खेपीरहेका छन् । दैनिक हजारौ मानिसहरुको आवतजावत हुने त्यस ठाउमा अहिले सम्म पनि पुल बन्न नसक्दा ओलानीका स्थानियहरुले सास्ती खेपीरहेका हुन् । बिषेश गरेर ओलानीवाट अत्तरिया सम्म पुग्ने बिधार्थी , बृद्धबृद्धा , महिलाहरु , आकस्मित बिरामीहरुलाई सबैभन्दा बढि समस्या भैरहेको छ । गोदावरी नगरपालिकाको वडा नं ११ र १२ लाई जोड्ने उक्त खोलामा पुल पहिलो आबश्यकता भएपनि कसैले बास्ता नगरेको गोदावरी नगरपालिका वडा नं १२ ओलानीका एक जना बिधार्थी खगेन्द्र भण्डारीले गुनासो गरे ।

 

अत्तरियावाट ओलानी र ओलानीवाट अत्तरिया भरिभराउ भएर दैनिक ५ , ६ ओटा बसहरु सोहि खोला भएर आवतजावत गर्ने गर्दछन् । हिउदको समयमा सुख्खा हुने भएकाले खोलाको बिचवाटै बाटो बनाएर आवतजावत गर्ने गरिएको भएपनि बर्षायतमा भने खोलमा पानी भरिभराउ भएपछि सवारी साधनका साथै स्थानियहरु जोखीमपुर्ण यात्रा गर्न बाध्य रहेका छन् । खोलामा पुल नहुदा कतिका सवारीसाधनहरु बगाएर लगेको र कतिपयले अकालमै ज्यान गुमाउनु परेको स्थानिय महिला कवित बि.कले बताईन् । ओलानीमा एउटा स्वास्थ्य चौकि भएपनि कुनै बिरामीलाई इमेजेन्सि उपचारका लागी अत्तरिया , धनगढी सम्म पुञ्याउदा निकै कठिनाई हुने गरेको उनले बताइन् ।

 

 

 

 

पहिलेको भन्दा अहिले बाटोघाटोको धेरै विकास भएको छ तर स्थानिय भिम बाहादुर बि.क भने – यो खोलामा पुल नभएकै कारण हेर्नुस गाउका कोहि बिरामी भयो भने अत्तरिया , धनगढीवाट एम्बुलेन्स बोलाउदा समेत गाउमा आउन मान्दैनन् । एक दिन अत्तरियाको एक अस्पतालमा बुझ्न गएको किन आउनुहुन्न भनेर , हामीलाई पनि माया हुन्छ , गाडीको ज्यानको भन्न थाले अब हामीले के गर्ने । साविकको गोदावरी गविस हुदादेखि नै उक्ता खोलामा पुल हुनुपर्छ भन्दै सबै गाउले लागेपनि कुनै सुनवाई नभएको उनले बताए । निर्वाचनका समयमा सबैभन्दा पहिले सो ठाउको पुल प्रथमिकतामा रहेको कुरा अहिले भने हराएका भन्दै उनले दुखेसो पोखे । सडक डिभिजन कार्यालयवाट पुल निर्माण गर्ने भन्दै उक्त खोलाकोे माटो परिक्षण गर्नुका साथै डिपिआर समेत भैसकेको भएपनि अहिले त्यो योजना हराएको स्थानियहरुले बताएका छन् । गोदावरी नगरपािलकाका नगरप्रमुख हरि सिंह साउदले चक्लेखोलामा पुल निर्माणका लागी नगरपालिकाको बजेटले नभ्याउने हुदा यसमा प्रदेश सरकाले सहयोग गर्नुपर्ने धारणा राखे । उनले बर्षौ पहिले डिपिआर समेत भैसकेको पुलको अहिले सम्म कुनै काम अघि नबढेको पाईएकाले सडक डिभिजनले लिएको जिम्मा नगरपालिकालाई सुम्पिय नगरपालिकाले प्रदेश सरकार मार्फत वा आफैले क्रमागत रुपमा लगानी गरेर अधि बढाउने बताए ।

 

प्रतिकृया दिनुहोस

पन्त हत्या प्रकरण - स्थानीयले गरेको आन्दोलनका कारण कन्चनपुरमा तनाब कायमै

कन्चनपुर ,भाद्र ५ ।  कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको घटनामा प्रहरी अनुसन्धानमाथि प्रश्न उठाउँदै स्थानीयले

वास्तविक अपराधी लुकाउन खोजेको भन्दै महेन्द्रनगरमा तनाब

कन्चनपुर ,भाद्र ५ ।  कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको घटनामा प्रहरीले बास्तबिक हत्यारा लुकाउन खोजेको भन्दै

निर्मला पन्तको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका अभियुक्त सार्वजनिक

कञ्चनपुर , भदौ ०४ । कञ्चनपुरकि १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका अभियुक्तलाई सार्वजनिक गरिएको छ । हत्या