कांग्रेस स्याङ्जाका सभापति एवम् पूर्व सभासद पंगेनीको निधन

काठमाडौं ,२० साउन ।
नेपाली कांग्रेस स्याङ्जाका सभापति एवम् पूर्व सभासद कमल पंगेनीको निधन भएको छ । स्याङ्जाको बयरघारीस्थित आफ्नै निवासमा उनको निधन भएको हो । हृदयाघातका कारण पंगेनीको निधन भएको पारिवारिक स्रोतले बतायो । गएराति खाना खाएर सुतेका उनी आइतबार बिहान गम्भीर अवस्थामा फेला परेका थिए ।

 

अस्पतालमा पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । उनी २०७० सालको संविधानसभामा स्याङ्जा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । उनका श्रीमती, एक छोरा, एक छोरी छन्।

प्रतिकृया दिनुहोस

काठमाडौं उपत्यकाबाट २२ लाख यात्रु बाहिरिए

काठमाण्डौ ,असोज ३१ ।  काठमाडौँ उपत्यकाबाट दशैँ मनाउन २२ लाख यात्रु बाहिरिएका छन् । महानगरीय ट्राफिक महाशाखाका अनुसार विगत चार दिनको अवधिमा सो

नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि शुरु

काठमाण्डौ,असोज २४ ।  टीकाको साइत कात्तिक २ गते बिहान ९: ५१ मा प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व

कांग्रेसद्वारा सुदुरपश्चिम प्रदेशको राजधानी गोदावरी राख्ने निर्णय पुनःविचार गर्न सरकार संग माग

काठमाण्डौ ,असोज २२ ।  नेपाली कांग्रेसले सुदुरपश्चिम प्रदेशको राजधानीको गोदावरीको संस्थागत रुपमा नै बिरोध शुरु गरेको छ । उसले  प्रदेशको राजधानी