क्यानडाले नेपाललाई १९५ रनको लक्ष्य दियो

 फागुन २ , काठमाडौं । डिभिजन टूमा क्यानडाले नेपाललाई १९५ रनको लक्ष्य दिएको छ । यो खेल जितेमा नेपालले विश्वकप छनोटमा स्थान बनाउनेछ भने हारले बाहिरिरनेछ ।
टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले श्रीमान्थ विजेरत्नेको शतकको मदतमा ५० ओभरमा ८ विकेट गुमाएर १९४ रन बनायो ।

उसको सुरुवात समान्य रहृयो । श्रीमान्थ र रुविन्दु गुनशेकराले पहिलो विकेटका लागि ४६ रनको साझेदारी गरे ।

तर, पावर प्ले सकिए लगतै बलिङमा आएका बसन्त रेग्मीले दोस्रो बलमा नै गुनशेकराको विकेट लिए । थप २१ रन जोड्दा क्यानडाले थप २ विकेट गुमायो ।

लगातार श्रीमान्थले पारी सम्हाले । उनले चौथो विकेटका लागि एनएस धालिवालसँग २३ र पाँचौं विकेटका लागि हमजा तारिकसँग ४१ रनको साझेदारी गरे ।

अरु ब्याट्सम्यानले ठूलो स्कोर बनाउन नसकेपनि श्रीमान्थ टिकिरहे । नवौं विकेटका लागि एसएस ढिन्सासँग अविजित ३३ रनको शाझेदारी गरेका उनले शतक पुरा गरे ।
उनी १०३ रनमा नटआउट रहे ।

नेपालका बसन्त रेग्मीले ३ विकेट लिए भने सन्दिप लामिछानले २ विकेट लिए । घुँडाका चोटका कारण सन्दिपको बलिङ प्रभावित भएको थियो । उनले ९ ओभर मात्र बलिङ गरे ।
शरद भेषावकरले र करण केसीले एकएक विकेट लिए । सभार अनलाइनखबर 

प्रतिकृया दिनुहोस

अत्तरियामा प्ले फर अत्तरीयाको आयोजनामा बैशाख १५ गतेदेखि पिएफए भेट्रान कप क्रिकेट प्रतियोगिता आयोजना हुने

बैशाख १३ , अत्तरिया ।  अत्तरियामा प्ले फर अत्तरीयाको आयोजनामा बैशाख १५ गतेदेखि पिएफए भेट्रान कप क्रिकेट प्रतियोगिता हुने भएको छ । २० ओभरको खेलमा

धनगढी जेसिजले आयोजना गरेको नवजिवन धनगढी हाफ म्याराथुनको उपाधि जुम्लाका बुढाले प्राप्त गरे

धनगढी , बैशाख ०१ । नया वर्षको अवसरमा धनगढी जेसिजले ‘अब धनगढी दौडिन्छ’ भन्ने मुल नाराका आयोजना गरेको नवजिवन धनगढी हाफ म्याराथुनको उपाधि जुम्लाका

काठमाडौं गोल्डेन्सलाई २१ रनले हराउँदै टिम चौराहा धनगढीले (डीपीएल) २ को उपाधि माथी कब्जा जमायो

धनगढी, चैत्र ३० । टिम चौराहा धनगढीले धनगढी प्रिमियर लिग (डीपीएल) २ को उपाधि जितेको छ । शुक्रबार भएको फाइनलमा काठमाडौं गोल्डेन्सलाई २१ रनले हराउँदै टिम