कैलालीमा भेटनरि अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र स्थापना गर्न माग गर्दै किसान आन्दोलित

धनगढी , साउन २० ।
कैलालीमा भेटनरि अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र स्थापना गर्न माग गर्दै किसान आन्दोलित भएका छन् । किसानहरूले आज धनगढीमा विरोध ¥याली निकालि जिल्लामा भेटनरि अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र स्थापना हुनुपर्ने माग गरेका हुन् । संघीय सरकारले कैलाली जिल्लालाई छुटाएर पशुसेवा विज्ञ केन्द्र स्थापनाको लागि प्रस्ताव गरेको भन्दै उनिहरु आन्दोलित भएका छन् ।

 

संघीय सरकारले ७ नम्बर प्रदेशमा ५ वटा भेटेरिनरि अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र स्थापना गर्ने प्रस्ताव गरेको छ । सोही प्रस्ताव अनुसार बाजुरा, बझाङ्ग, बैतडी, डडेल्धुरा र कञ्चनपुरमा पशुसेवा विज्ञ केन्द्र स्थापना हुने छन् । सरकारले संघीय संरचना अनुसार जिल्ला सरकारी कार्यालय खारेज गर्दै कार्यालयको विस्तार गरेको हो । तर कैलालीका किसानले संघीय सरकारले हचुवाको भरमा पशुसेवा विज्ञ केन्द्र स्थापनाको लागि प्रस्ताव गरेको आरोप लगाएका छन् । ७ नम्बर प्रदेशको कैलालीमा मात्र ६० प्रतिशत भन्दा बढी कृषी÷पशुपंछी जन्य उत्पादन हुन्छ । यस्तो ठाउलाई पशुसेवा विज्ञ केन्द्र स्थापना गर्न सरकारले प्रस्ताव नगर्नु विडम्बना भएको किसानहरु बताउदछन् ।  आफ्ना मागहरु पुरा नहुदा सम्म आन्दोलन जारी राख्ने किसानहरुले चेतावनी समेत दिएका छन् ।

 

प्रतिकृया दिनुहोस

नेपाल आउने पर्यटकको संख्यामा नयाँ रेकर्ड

काठमाण्डौ,मंसिर २७।  नेपाल आउने पर्यटकको संख्यामा नयाँ रेकर्ड बनेको छ । सन् २०१८ को ११ महिनामा १० लाख १ हजार ९ सय पर्यटक नेपाल आएको नेपाल पर्यटन

जाखोर तालमा रहेको जलकुम्भी सफार्इ अभियान सुरु

धनगढी,मंसिर ८ ।  कैलालीको धनगढीमा रहेको  जाखोर तालमा रहेको जलकुम्भी सफार्इ गर्ने अभियान सुरु भएको छ । अभिायनमा धनगढी उपमहानगरपालिकाका मेयर निर्प

बझाङको साईपाल हिमालको पहिलो पटक सफल आरोहण

बझाङ,कार्तिक २६ ।  बझाङको साईपाल हिमालको पहिलो पटक सफल आरोहण गरिएको छ । मिसन साईपाल अभियानका टोली सदस्यहरुले  ७ हजार ३१ मिटर अग्लो साईपाल हिमालमा