बालविकास शिक्षक समिति कैलालीको अध्यक्षमा तिमिल्सैना चयन


गोविन्द बीसी , बौनिया  साउन २१
नेपाल बालविकास शिक्षक (इसिडी) समिति कैलालीको अध्यक्षमा निर्मला तिमिल्सैना चयन हुनु भएको छ । सोमबार धनगढीमा बसेको नेपाल बालविकास शिक्षक समितिको बैठकले तिमिल्सैनालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । उहा यसअघि इसिडी समिति कैलालीको जिल्ला उपाध्यक्ष समेत हुनुहुन्थ्यो । पूर्व अध्यक्ष लक्ष्मी भट्ट प्रदेश नम्बर(७ को अध्यक्ष बनेपछि उक्त पद रिक्त रहेको थियो । तिमिल्सैना कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर(१ भुरुवा स्थित बालकल्याण माध्यमिक विद्यालयमा कार्यरत हुनुहुन्छ ।  


यसैगरी सोमबारको बैठकले २१ सदस्यीय समिति गठन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा गीता रावल कुवर र उपाध्यक्षमा चित्रा ढुङ्गानालाई चयन गरेको नेपाल बाल विकास शिक्षक समिति कैलालीका सचिव पार्वती कंडेलले जानकारी दिनुभयो । बालविकास शिक्षक गत साउन १६ गतेदेखि विभिन्न माग राखी आन्दोलनमा छन् । सोमबारको बैठकले आगामी साउन २५ गतेदेखि भाद्र २२ गते सम्मका लागि जारी गरेका आन्दोलनका कार्यक्रमहरुलाई कैलाली जिल्लामा सशक्त बनाउने निर्णय गरेको नवनिर्वा्चित अध्यक्ष निर्मला तिमिल्सैनाले बताउनुभयो । प्रारम्भिक बाल विकास (इसिडी) मा कार्यरत शिक्षकहरु शिक्षा ऐनको आठौं संशोधनले इसिडिलाई विद्यालय तहमा समायोजन गरेपछि अन्य शिक्षक सरह सेवा सुविधा पाउनुपर्ने भन्दै आन्दोलनमा रहेका छन ।

प्रतिकृया दिनुहोस

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय क्याम्पस तोडफोड

कन्चनपुर,पुष १ ।  सधैं बिबादमा रहँदै आएको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय क्याम्पस तोडफोड भएको छ । कञ्चनपुरका विद्यार्थी संगठनले

अत्तरियामा रहेको जे.के स्कुल आफ्नै सुबिधा सम्पन्न भवनमा

अत्तरिया , मंसिर २९ ।  कैलालीको अत्तरियामा रहेको जे.के माध्यामिक बिधालय आजवाट आफ्नै सुबिधा सम्पन्न भवनमा सरेको छ । बिधालयको नवनिर्मित भवनको

त्रिनगर मावि धनगढी बालविकास केन्द्र बन्द, शिक्षिका निकाला

धनगढी, मंसिर २८ ।   धनगढीको त्रिनगर माध्यमिक विद्यालयमा सञ्चालन हुँदै आएको बालविकास केन्द्र विद्यालय प्रशासनले बन्द गरेको छ । प्रशासनले उक्त