सुदूरपश्चि विश्वबिधालयमा आन्दोलन शुरु ।

माघ २४ , अत्तरिया सुदूरपश्चि विश्व विद्यालयका उपकुलपति लगायत पदाधिकारी गैर जिम्मेवार वन्दै कामप्रति लगनशिल नहुदा प्राध्यापक र कर्मचारी आन्दोलित भएका छन । सुदूरपश्चि विश्वविद्यालयले पहिलो दिक्षान्त समारोह सम्पन्न गरेका दिन देखी उपकुलपति लगायतका पदाधिकारी गैरजिम्मेवारी तवरले विश्व विद्यालयका महत्वपुर्ण कामकाज छाडी काठमाडौमा वस्दा र निकै विलासी जिवन र भत्ताको लोभमा काठामाडौ केन्द्य्रीत हुदा विश्व विद्यालयका महत्वपुर्ण कामकाज रोकिएका छन । विश्व विद्यालयको कामकाज रोकिदा विश्व विद्यालयको सुधारको माग लिएर प्राध्यापक तथा कर्मचारीहरु आन्दोलित भएका छन । आज विश्व विद्यालय सुधार संघर्ष समितिले आज शौक्षिक समस्याहरु संग सम्वन्धित, र प्रसासनिक तथा व्यवस्थापकिय समस्याहरुसंग सम्वन्धित रहेर प्रधाध्याकपक तथा कर्मचारीहरु आन्दोलित भएको जानकारी गराएका छन । उनिहरुले आन्दोलनका कार्यक्रम तय गर्दै विश्वविद्यालयका पदाधिकारी जिम्मेवार हुनु पर्ने माग गरेका छन । गैरजिम्मेवारीको हद सम्मको उदाहरण दिदै पत्रकार सम्मेलनमा प्राध्यापक तथा कर्मचारीहरुले भने, पदाधिकारी प्लेनमा काठमाडौ जान्छ, स्थलमार्ग भएर संग संगै गाढी पनी लैजान्छ । यो भन्दा लज्जाको विषयले के होला भन्दै उनिहरुले अषन्तुष्टी जनाएका छन । कामकै लागी काठमाडौ वसेको भन्दै भत्ता मोहमा लागेका पदाधिकारीहरुले अहिले विश्व विद्यालय संचालनका लागी कुनै पनि निति निर्माणमा ध्यान नदिएको हुदा काम गर्न निकै अफठेरो भएको उनिहरुले गुनासो गरेका छन । साथै आफना आन्दोलनका कार्यक्रमहरु समेत तय गरेका छन । २५ गते गैर जिम्मेवार पदाधिकारी जिम्मेवार वन भन्ने कालो व्यानर विश्वविद्यालयका उपकुलपति र रजिष्टार लगायत सम्पुर्ण पदाधिकारीहरुको कार्यकक्षमा लगाउने, २६ गते देखी २८ गते सम्म सम्पुर्ण शिक्षक तथा कर्मचारहरुले दाया हातमा कालोपट्टी वाधि काम नियमित गर्ने र २९ गते सम्म माग सम्वोधन नभए फेरी दोस्रो चरणको आन्दोलनका कार्यक्रम तय गर्ने चेतावनी समेत सुधार समितिले दिएको अध्यक्ष विर वहादुर सिंहले जानकारी दिनु भयो । आफना आन्दोलनका कार्यक्रमले विश्व विद्यालयको नियमीत अध्ययन अध्यापनको कार्यमा कुनै असर नपार्ने जानकारी समेत सिंहले दिनु भयो ।

प्रतिकृया दिनुहोस

कक्षा ११ को नतिजा सार्वजनिक

काठमाण्डौ ,असोज २० ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । अघिल्लो वर्षभन्दा झण्डै तीन महिना अघि बोर्डले कक्षा ११ को नतिजा

शिक्षक कर्मचारीको आन्दोलनले सिद्धनाथ विज्ञान क्याम्पस ठप्प

भिमदत्तनगर ,असोज १८ ।  कञ्चनपुरको सिद्धनाथ विज्ञान क्याम्पसका शिक्षक/कर्मचारीले क्याम्पसमा हड्ताल गरेका छन् । क्याम्पस प्रमुख विमला शाक्य लामो

सरकारले कर्मचारी व्यवस्थापन गर्न नसक्दा बैतडीका सबै स्थानीय तह शिक्षा शाखा प्रमुख बिहीन

बैतडी, असोज ०९ । सरकारले स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न नसक्दा बैतडीका सबै स्थानीय तह शिक्षा शाखा प्रमुखबिहीन रहेका छन् । देश सङ्घीय