विश्व क्रिकेट लिग डिभिजन टू - सानदार जितसँगै नेपालले विश्वकप छनोट खेल्ने पक्का

काठमाडौं, फागुन ३ ।
विश्व क्रिकेट लिग डिभिजन टूको निर्णायक मानिएको क्यानडासँगको खेलमा नेपालले १विकेटको सनसनीपूर्ण जित निकालेको छ । जितसँगै नेपालको एक दिवसीय विश्वकप खेल्ने सपना साकार हुने सम्भावना  बढेको छ । लगभग पराजयको नजिक पुगेको नेपाललाई जिताउन  नवौं नम्बरमा ब्याटिङ गर्न आएका करण केसीले रोमाञ्चक जित दिलाएका हुन् । उनले नेपालका लागि सर्वाधिक ४२ रनको योगदान दिए । उनले ३१ बलमा ४ छक्का, ३ चौकासहित ४२ रन बनाएका हुन् ।नेपाल सन् २०१९ मा हुने आइसीसी विश्वकप क्रिकेट क्वालिफायर्सका लागि छनोट भएको छ । नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा क्यानडालाई एक विकेटले हराएसँगै नेपाल डिभिजन वनमा पनि उक्लने पक्का भएको छ । विन्डहकमा टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले ५० ओभरमा ८ विकेट गुमाउदै एक सय  ९४ रन बनायो । क्यानडाको स्कोर ४६ रनमा बसन्त रेग्मीले नेपाललाई पहिलो सफलता दिलाए । क्यानडाका रुभिन्दु गुनसेकारा नौ रनमा आउट भए । त्यसपछि ५७ रन हुँदा सन्दिपले नेपाललाई दोस्रो सफलता दिलाए । कप्तान नितिश कुमार ५ रनमा आउट भए । ६७ रन हुँदा पुनः सन्दिपले नेपाललाई तेस्रो विकेट लिन सफल भए । क्यानडाका लागि हम्जा तारीक २४ र ओपनर श्रीमन्थले शतकीय पारी खेले  । उनले अविजीत एक सय तीन रन बनाए ।

बलिङ तर्फ नेपालका बसन्त रेग्मीले ३ तथा सन्दिप लामिछानेले दुई विकेट लिए । जवाफमा नेपाल ५० ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य पूरा गरयो । नेपालका ओपनरले आजपनि सुरुवात राम्रो गर्न सकेनन । ज्ञानेन्द्र मल्ल नौ रनमा आउट भएपछि नेपालले २२ रनमा पहिलो विकेट गुमायो । त्यसपछि क्रिजमा आएका कप्तान पारस खड्का खाता खोल्न नपाउँदै आउट भएपछि नेपालले दोस्रो विकेट गुमायो । तेस्रो विकेटका लागि दिलिप नाथ र दिपेन्द्रसिंह ऐरीले ५० रनको साझेदारी गर्दै टिमलाई सम्हाल्ने प्रयास गरेका थिए । तर ७३ रन बनाउदा नेपालले चार विकेट गुमाउन पुग्यो । नेपालका लागि दिलिप नाथले ४१ रन बनाउँदा शरद भेषवाकर मात्र एक रनमा आउट भए । त्यसपछि दिपेन्द्रसिंह ऐरी पनि १८ रनमा आउट भएपछि नेपालले ८१ रनमा पाच विकेट गुमायो । नेपालका लागि रोहित पौडेले २७ तथा आरिफ शेखले २६ रन बनाए । अन्तिममा करन केसीको उत्कृष्ट ब्याटिङका कारण नेपालले गुमाइसकेको खेल आफनो पक्षमा पार्न सफल भयो । अन्तिम ओभरमा ८ रन चाहिएकोमा करनले छक्का प्रहार गर्दै नेपाललाई जित दिलाए ।  करनले अविजित ४२ रन बनाए ।

तर पनि नेपालको पुरै प्रतियोगितामा ब्याटिङ निकै कमजोर बन्यो । बलिङमा राम्रो प्रदर्शन गरे पनि ब्याटिङमा भने हरेक खेलमा आलोचनाको पात्र बन्यो । नेपालले ५ मध्ये ४ मा जित निकाल्दै ८ अकंसहित शीर्ष स्थानमा रहन सफल भयो  । घरेलु टोली नामिबियालाई पराजित गर्दै युएई दोस्रो स्थानमा रहदै विश्वकपको छनौटका लागि छानिएको छ ।  ५ मध्ये ३ खेल जित्दै क्यानडा र नामिबिया र  युएईले समान ६ अंक जोडे पनि युएई रनरेटका आधारमा शीर्ष दुईमा पर्न सफल भएको हो ।

 

 

प्रतिकृया दिनुहोस

सन्दिप लामिछानेले इन्डियन प्रिमियर लिग आईपीएलमा आफ्नो तेस्रो खेलमा पनि विकेट लिए

जेठ ६ , काठमाडौं ।  नेपालबाट पहिलो पटक अाईपिएलमा सहभागीता जनाएका नेपाली खेलाडी सन्दिप लामिछानेले इन्डियन प्रिमियर लिग आईपीएलमा आफ्नो तेस्रो खेलमा

धनगढी प्रिमियर लिग डीपीएल–२ क्रिकेट प्रतियोगिताको आयव्ययको विवरण सार्वजनिक

कैलाली, वैशाख २६। धनगढीमा भएको धनगढी प्रिमियर लिग ९डीपीएल०–२ क्रिकेट प्रतियोगिताको आयव्ययको विवरण सार्वजनिक गरिएको छ । धनगढी क्रिकेट एकेडेमीले

अत्तरीयामा जारि पि एफ ए भेट्रान कप अन्तरगत लिग चरणका खेल सम्पन्न, आजको खेलमा महेन्द्रनगर रोयल्स बिजयी

बैशाख २१ , अत्तरिया ।  अत्तरीयामा जारि पि एफ ए भेट्रान  कप अन्तरगत  आज लिग चरणको अन्तीम खेल सम्पन्न भएको छ । आज भएको खेलमा महेन्द्रनगर रोयल्स्ले ५