पूर्व पश्चिम रेलमार्ग - बुटवलदेखि गड्डाचौकीसम्मको डीपीआरको मस्यौदा तयार

काठमान्डौ , साउन २३ ।
पूर्व पश्चिम रेलमार्ग अन्तरत बुटवलदेखि गड्डाचौकीसम्म पश्चिम खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को मस्यौदा तयार भएको छ । चार खण्डमा विभागजन गरेर दुई चिनियाँ कम्पनीले तयार गरेको डीपीआरको मस्यौदा रेल विभागमा आइपुगेको छ । विभागले आवश्यक अध्ययन गरेर यसलाई स्वीकृत गरेपछि डीपीआर फाइनल प्रतिवेदन हुने महानिर्देशक अनन्त आचार्यले बताएका छन् ।

 

पूर्वी नेपालमा झण्डै ३० किलोमिटर खण्डमा रेलमार्ग निर्माणको काम भइरहँदा बुटवलबाट गड्डाचौकीसम्मको रेल्वे खण्डको डीपीआर निर्माणको लागि अध्ययन सकिएको हो । ४२१ किलोमिटरको बुटवल लमही, लमही कोहलपुर, कोहलपुर सुख्खड, सुक्खड गड्डाचौकी खण्डको प्रतिवेदन आएको हो । पश्चिम खण्डको डीपीआर निर्माणको क्रममा पश्चिम खण्डका केही नदीहरुमा बलियो पुलसहितका पूर्वाधार निर्माण गर्नुपर्ने दखएको छ । कैलालीको शिवगंगा र चौमाला नदी क्षेत्रका डीपीआरका क्रममा ड्रिलिङ गर्दा माथिल्लो सतहमै पानीका ‘पकेट’ क्षेत्रहरु भेटिएका छन् । रेल्वे विभागका अनुसार अब ती नदी क्षेत्रमा अन्यत्रको भन्दा पुलसहितका मजबुत पूर्वाधार बनाउनुपर्ने हुन्छ ।

 

यो क्षेत्रमा जमिनमुनि ठूलो मात्रामा पानीको स्रोत भेटिएको छ । यसले निर्माणका लागि चुनौती थप्ने विभागका इन्जिनियरहरु बताउँछन् । पूर्वी खण्डका यस्तो पानीको पकेट भएको क्षेत्र भेटिएको थिएन । यस्तो पकेटका कारण राजमार्गका पुलहरुमा पनि भासिने समस्या आउने गरेको छ । शिवगंगा र चौमाला नदीका पुल यस्तै समस्या कारण भासिएका थिए । अब पश्चिम खण्डमा यो समस्यालाई मध्यनजर गरेर रेलमार्ग बनाउनुपर्नेछ । करिब ४० किलोमिटरको यो खण्डका लागि १७ किलोमिटर क्षत्रेको जग्गा अधिग्रहण गर्न मुआब्जा तोकिएको महानिर्देशक आचार्यले जानकारी दिए । पूर्व पश्चिम रेलमार्ग निर्माणका लागि अब १६५ किलोमिटरको निजगढ(भरतपुर(चोरमारा खण्डको डीपीआर मात्रै बनाउन बाँकी छ । अहिले पहिलो चरणमा महोत्तरीको बर्दिबासदेखि सर्लाहीको लालबन्दीसम्मको खण्डमा ट्रयाक खोल्ने काम भइरहेको छ । सरकारले पूर्व(पश्चिम रेलमार्गको मूल रुटलाई ९ खण्डमा विभाजन गरेको छ । पूर्वमा इनरुवादेखि काँकडभिट्टासम्मको खण्डको डीपीआर तयार भइसकेको छ । मध्य खण्ड नवलपरासीको चोरमारादेखि बुटवलसम्मको डीपीआर पनि बनिसकेको छ । पूर्वपश्चिम रेलमार्गको निर्माणको प्रक्रिया सन् २००८ बाट नै सुरु भएको थियो । तर, रेलमार्ग निर्माणको कार्यले अझै गति लिन सकेको छैन ।

 

प्रतिकृया दिनुहोस

निर्मला पन्त प्रकरण : एआइजी बस्नेत नेतृत्वको छानबिन समितिले प्रतिवेदन बुझायो

काठमाण्डौ,पुष २ ।  कञ्चनपुरकाे १३ वर्षीय बालिका निर्मला पन्तकाे बलात्कारपछि हत्या भएकाे घटनामा प्रहरी अनुसन्धानमा भएकाे लापबाहीकाे छानबिन गर्न

१८ दिनदेखि बेपत्ता बैतडीका लक्षिराम लावड मृत फेला

बैतडी , पुस ०२ । १८ दिनदेखि बेपत्ता बैतडीको दशरथचन्द नगरपालिका–३ हल्लेकका ४५ वर्षीय लक्षिराम लावड आइतबार मृत फेला परेका छन् । गत मङ्सिर १२ गते घरबाटै

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन ,पुस ०२ । नारायणगढ–मुग्लिन सडकखण्डको भतेरीमा आज बिहान ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। काठमाडौंबाट भारतको चेन्नाइतर्फ जान आउँदै