विवाहको लागि अबदेखि केटा र केटी दुवैको उमेर २० वर्ष पुगेको हुनुपर्ने

काठमान्डौ , साउन २४ ।
विवाहको लागि अबदेखि केटा र केटी दुवैको उमेर २० वर्ष पुगेको हुनुपर्ने भएको छ । मुलुकी ऐनको देवानी र अपराध संहितामा विवाहसम्बन्धी प्रावधान बाझिएपछि सरकारले एकरूपता कायम गर्न संशोधन प्रस्ताव ल्याएको हो । संशोधनअनुसार अब विवाह गर्न पाउने न्यूनतम उमेर २० वर्ष हुनेछ । अहिलेसम्म महिलाको १८ र पुरुषको २० वर्षलाई विवाह गर्ने न्यूनतम उमेर मानिँदै आएको छ ।

 

तर यो संवैधानिक र लैंगिक समानताका आधारमा ठीक र बराबरी नभएकाले केटाकेटी दुवैको विवाह गर्न अब २० वर्ष उमेर पुग्नैपर्ने व्यवसथा गर्न लागिएको कानून मन्त्रालयले जनाएको छ । सरकारले वि.सं. १९१० सालमा बनेको मुलुकी ऐन विस्थापित गरी भदौ १ गतेदेखि मुलुकी देवानी (संहिता), २०७४, मुलुकी अपराध (संहिता) ऐन, २०७४, मुलुकी देवानी कार्य्विधि (संहिता) ऐन, २०७४, मुलुकी फौजदारी कार्य्विधि (संहिता) ऐन, २०७४ लागू गर्ने तयारी गरेको छ ।

 

प्रतिकृया दिनुहोस

काठमाडौं उपत्यकाबाट २२ लाख यात्रु बाहिरिए

काठमाण्डौ ,असोज ३१ ।  काठमाडौँ उपत्यकाबाट दशैँ मनाउन २२ लाख यात्रु बाहिरिएका छन् । महानगरीय ट्राफिक महाशाखाका अनुसार विगत चार दिनको अवधिमा सो

नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि शुरु

काठमाण्डौ,असोज २४ ।  टीकाको साइत कात्तिक २ गते बिहान ९: ५१ मा प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व

कांग्रेसद्वारा सुदुरपश्चिम प्रदेशको राजधानी गोदावरी राख्ने निर्णय पुनःविचार गर्न सरकार संग माग

काठमाण्डौ ,असोज २२ ।  नेपाली कांग्रेसले सुदुरपश्चिम प्रदेशको राजधानीको गोदावरीको संस्थागत रुपमा नै बिरोध शुरु गरेको छ । उसले  प्रदेशको राजधानी