अत्तरियामा यहि फागुन ४ गतेदेखि सुरु हुने चङ्गाई महोत्सवको तयारी अन्तिम चरणमा

हेमराज भट्ट ,अत्तरिया  फागुन ०३ ।
कैलालीको अत्तरियामा यहि फागुन ४ अर्थात भोली शुक्रवारवाट सुरु हुने चङ्गाई महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । सुदुरपश्चिम क्रिस्टियन समाज र ईसाइ एकता समाजको आयोजनामा हुन लागेको महोत्सबको सबै तयारी अन्तिम चरणमा पुगेका बुधवार अत्तरिया आयोजित पत्रकार संम्मेलन मार्फत जानकारी गराइएको छ । फागुन ४ गतेदेखि ६ गते सम्म अत्तरिया स्थित लामीताल परिसरमा लाग्ने सो महोत्सको मञ्च निर्माण ,ब्यबस्थापन , निमन्त्रणा कार्ड बितरण लगाएतका कार्यहरु तिब्र रुपमा भैरहेको बताइएको छ । देशमा दिगो शान्ति छाई आपसी मेलमिलाप कायम गर्न र सुसमाचार आदानप्रदान गर्न महोत्सबको आयोजना गरिएको महोत्सवका संयोजक पिटर रसाईलीले बताए ।

उनले देशमा भैरहेको बिभिन्न खाले हत्या हिंसा , भैझगडा , आपसी मन मुटावहरुलाई हटाई स्वच्छ र शान्त नेपालको परिकल्पना स्वारुप अत्तरियामा महोत्सबको आयोजना गरिएकोे बताए । देशको फैलिरहेको अशान्तिलाई निराकरण गर्न एबम् बिभिन्न कारणले अस्वास्थ्यकर जिवनयापन बितारइरहेकाहरुको सुख , शान्ति र दिर्घायुको कामना गर्न हामीले यो महोत्सको लगाईरहेका छौ उनले भने — निशुल्क रुपमा महोत्सवको अवलोकन गर्न सकिने हुदा महोत्सबमा सहभागी भएर नया ज्ञान आर्जन गर्नका साथै स्वास्थ्य लाभ पनि लिन सकिने छ । 

३ दिन सम्म चल्ने उक्त महोत्सबको प्रदेश नं सातका प्रस्ताबित मुख्यमन्त्रि त्रिलोचन भट्टले उद्घाटन गर्ने कार्यक्रम रहेको उनले बताए । ४ गते बिहान अत्तरिया बजार वरपर बिभिन्न प्रकारका कला ,संस्कृतिहरु झल्कने धामी ,झाक्रि पञ्चेबाजा सहितको र्यालि निकालिने बताइएको छ । महोत्सबमा नेपालका हास्यकलाकार सुलेमान संकर इकु , बरिष्ठ देउडा गायक भोजराज भट्ट लगाएतका कलाकारहरुद्धारा बिबिध सासकृतिक कार्यक्रमहरु पनि रहने संयोजक रसाईलीले बताउनुभयो ।  महोत्सब अबधिभर ४ हजार देखि  ७ हजारको हाराहारीमा दर्शकहरुले अबलोकन गर्ने अपेक्षा गरिएको बताउदै उहाले महोत्सब संञ्चालनका लागी ६ देखि ७ लाख रुपैया अनुमानित लागत लागेको जानकारी दिनुभयो ।  महोत्सबको प्रमुख बाचकका रुपमा भारतको गुहाटीवाट डा. बुलन दत्त रहने आयोजकले बताएको छ ।

 

प्रतिकृया दिनुहोस

धनगढीलाई प्रदेशको अस्थाई राजधानी तोकेपछि मुख्य बजारमा सवारीको चाप बढ्दो

धनगढी , जेठ १४ । धनगढीलाई प्रदेशको अस्थाई राजधानी तोकेपछि मुख्य बजारमा सवारीको चाप अत्यधीक बढेको छ। ट्राफिक चौराह देखि क्याम्पस चोकसम्मको धनगढी बजार

धनगढी गोलीकान्ड को आशंकामा दिनभर थुनामा परेका अत्तरियाका दुई स्थानिय रिहा

धनगढी,१३ जेठ । धनगढी गोलीकान्डको आशंकामा पक्राउ परेका दुई जनालाई प्रहरी छोडेको छ । आज बिहान अाई एम ईमा कार्यरत निर्मल  कार्कीलाई ब्याँकबाट पैसा

अत्तरिया जुनियर जेसिजको आयोजनामा ७ दिने उद्घोषण तालिम सुरु

अत्तरिया , जेठ १३ । कैलालीको अत्तरियामा आईतवारदेखि ७ दिने उद्घोषण तालिम सुरु भएको छ । अत्तरिया जुनियर जेसिजको आयोजना र गुरास एकेडेमीको आर्थिक सहयोगमा