राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल बेङ्लोर शाखा भारतको प्रथम बार्षिकोत्सबको उदघाटन

अत्तरिया , साउन २३
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल भारत बेङ्लोर शाखा भारतको प्रथम बार्षिकोत्सब बिबिध साँस्कृतिक कार्यक्रमका साथ प्रथम साधारणसभा उदघाटन भएको छ । आइतबार बेङ्लोरको  एडिभिक एकेडेमी कल्चरको सभाहलमा  प्रतिष्ठानका केन्द्रिय पदाधिकारी एवं प्रदेश न. ७ का संयोजक सुरत रावत डोटेली कान्छाले उदघाटन गर्नु भएको हो । गत बर्ष साउन ८ गतेका दिन गठन भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल भारत बेङ्लोर शाखाले आफ्नो प्रथम बार्षिकोत्सब तथा साधारणसभाको एकै साथ  अगस्त ५ गतेदेखि सुरु भएको छ ।

 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल भारत बेङ्लोर शाखाका अध्यक्ष गोबिन्द ढकालको सभापतित्वमा भएको प्रथम साधारणसभामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय पदाधिकारी एवं प्रदेश न. ७ का संयोजक सुरत रावत डोटेली कान्छा प्रमुख अतिथि रहनु भएको थियो भने कार्यक्रमको बिशिस्ट  अतिथि बैध्य ईन्स्टिच्युट अफ मेडिकल साईन्सका प्रोफेसर डा.सुधान्सु शर्मा रहनु भएको थियो । कार्यक्रममा मेचीमहाकाली प्रवासी समाजका अध्यक्ष राजेन्द्रप्रसाद भट्ट ,सुदुर पश्चिम नेपाली समाजका अध्यक्ष जनक ढुंगाना ,प्रवासी नेपाली संघ भारतका सदस्य ,सुदुरपश्चिम जनकल्याण ट्र्स्टका महिला उपाध्यक्ष दिपिका साउँद लगायत रहनु भएको थियो । बार्षिकोत्सब तथा बिबिध साँस्कृतिक कार्यक्रममा डेउडा, लोक दोहोरी ,सालैजो, ट्प्पा लगायत लोक संस्कृति झल्किने प्रस्तुति  अप्सरा ढकाल ,बिरेन्द्र साउँद, यज्ञराज भट्ट , सुहन सेट्टी ,कर्ण बि.क.,सुरेन्द्र संगम,भरत परियार ,चक्र बिसि,सुष्मा लामिछाने ,बिशाल परियार लगायतका कलाकार हरुले विभिन्न प्रस्तुति प्रस्तुत गर्नु भएको थियो ।

 

प्रतिकृया दिनुहोस

सुदुरपश्चिम प्रदेशका बिभिन्न शक्तिपीठहरुमा बिहानैदेखी पशुबली दिनेहरुको भिड

डोटी ,असोज ३१ ।  बडादशैं अन्तरगत  महाअष्ठमीको दिन बुधबार सुदुरपश्चिम प्रदेशका बिभिन्न  शक्तिपीठहरुमा बिहानैदेखी पुजाअाजसहित पशुबली दिईएको छ

वडादशैको आठौ दिन महाअष्टमी पर्व , देशैभरका शक्तिपीठ तथा घरघर बली दिईदै

अत्तरिया , असोज ३१ । नेपाली हिन्दु धर्मालम्बीको महान् पर्व दशैंको आठौं दिन आज देशभरका शक्तिपीठका साथै घरघरमा महाअष्टमी पर्व मनाइँदैछ । विशेषगरी

विजया दशमीको सातौ दिन आज घर घरमा फूलपाती भित्र्याइँदै

अत्तरिया , असोज ३० । हरेक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक