नेपाल विद्यालय कर्मचारी परिषदको बृहत अन्तरक्रिया कार्यक्रम अत्तरियामा सम्पन्न

अत्तरिया , साउन २४ ।
नेपाल विद्यालय कर्मचारी परिषद कैलालीको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक बिधालयहरुमा कार्यरत कर्मचारीहरुका संगठन कर्मचारी परिषदले विहिवार अत्तरियामा जिल्लाभरका १३ वटै स्थानीय तह , गाउँ र नगर कार्यसमिति, शिक्षक महासंघ, पेसागत शिक्षक संगठन र सम्बन्धित सरोकारवाला निकायसंग अन्तरक्रिया गरेको हो । कार्यक्रममा सहभागीहरुले सामुदायिक विद्यालयमा कर्मचारी दरबन्दी सिर्जना गर्न माग गरेका छन् । उनीहरुले विद्यालय कर्मचारीलाई निजामती वा शिक्षक सरह पदीय दायित्ब तथा सेवा सुविधा निर्धारण गर्न माग राखेका छन् ।

 

विद्यालयमा काम गर्ने शिक्षक र कर्मचारीबीच पारिश्रमिकमा ठूलो विभेद गरिएको दुखेसो पोख्दै १२ घण्टासम्म काम गर्दै आएका कर्मचारीलाई श्रम शोषणबाट मुक्तगरी आफूहरुलाई न्याय दिलाउन र आन्दोलनलाई सफल पार्न सबै कर्मचारीहरु एक ढिक्का भएर लाग्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा बोल्दै शिक्षक महासंघ कैलाली जिल्ला अध्यक्ष भिमबहादुर बलायरले कर्मचारीका पेसागत मागहरू जायज भएको र महासंघले पनि यसलाई उठान गरिरहेको बताए । उनले राज्यले कर्मचारीका मागबाट बिमुख हुन नमिल्नेमा जोड दिए । राहत शिक्षक समिति कैलालीका अध्यक्ष सागर जोशीले  पेसागत मागहरू पूरा गर्न सबै कर्मचारी एकताबद्ध हुनुपर्नेमा जोड दिए । जोशीले बिगतमा राहत शिक्षकले आफ्ना पेसागत माग पूरा गर्न ठुलो संघर्ष गर्नुपरेको स्मरण गराउदै आन्दोलन नगरेसम्म राज्यको ध्यान जान नसक्ने बताए । उनले भने हामो्र पनि साथ छ कर्मचारी आन्दोलनमा । विद्यालयमा प्रायजसो कर्मचारी र बालबिकास शिक्षक नै मर्का परेको छन्  बालविकास शिक्षक समिति कैलालीकी अध्यक्ष निर्मला तिमिल्सिनाले भनिन् – श्रम मन्त्रालयले तोकेको श्रम ऐनकानूनको ब्यवस्था बमोजिम बालबिकास शिक्षक र कर्मचारीले न्यूनतम पारिश्रमिक सेवा सुबिधा पाउनुपर्ने हुन्छ तर त्यस्तो छैन । कार्यक्रममा बोल्दै नेपाल विद्यालय कर्मचारी परिषद प्रदेश ७ अध्यक्ष हरिलाल ओझाले विद्यालयमा कार्यरत कर्मचारी र शिक्षकहरु ीबच सरकारले ठुलो विभेद गरेको बताए ।

 

 

 

यो आन्दोलन हाम्रो होईन उनले भने – यो आन्दोलन केन्द्र देखी नै छ , अब हामीले आफ्ना जिम्मेवारी र जिम्मेवारी अनुसारको पदिय दायित्बका लागी सडक र सदनवाटै आबाज आठाउन जरुरी छ । राज्यको दायित्ब सामुदायिक बिधालयमा कार्यरत कर्मचारीहरुको स्थायित्ब भन्ने मुल नाराका साथ सुरु भएको अन्तरक्रिया कार्यक्रममा अखिल नेपाल शिक्षक संगठन जिल्ला अध्यक्ष शिवराज जोशी , एकीकृत शिक्षक संगठनका जिल्ला अध्यक्ष धन बहादुर सिंह, नेपाल ट्रेड युनियन कांग्रेस अध्यक्ष ज्ञानेन्द्र बहादुर शाह, शिक्षक संघ कैलालीका उपाध्यक्ष राजेन्द्र खड्का , शिक्षा विकास तथा समन्वय इकाई कैलाली प्रतिनिधि एवं स्रोतब्यक्ति राम प्रसाद फुलारा लगायतकाले आ आफ्ना सुझाव सहित मन्तव्य राखेका थिए । विहिवार नै जिल्ला सचिव रनत बहादुर कार्कीको संयोजकत्वमा आन्दोलन मूल परिचालन कमिटी पनि गठन गरेको छ । जसमा जिल्लाभरका १३ वटै स्थानीय तह गाउँरनगर कार्यसमिति अध्यक्ष र जिल्ला कार्यसमितिका सदस्य रहेका छन् । केन्द्रिय कार्यक्रम अनुसार भोली शिक्षा बिकास तथा समन्वय इकाई कार्यालय र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइने विद्यालय कर्मचारी परिषद कैलालीले जनाएको छ ।

 

जिल्ला अध्यक्ष गणेश प्रसाद जोशीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि शिक्षक महासंघ जिल्ला अध्यक्ष भिमबहादुर बलायर रहेका थिए । जिल्ला उपाध्यक्ष तेजराम चौधरीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन जिल्ला सचिव रतन बहादुर कार्कीले गरेका थिए । गत साउन १४ गतेदेखि सुरु भएको चरणबद्ध आन्दोलन अनुसार आउदो साउन ३० र ३१ गतेसम्म देशभरका ७५३ वटै स्थानीय तहमा अन्तरक्रिया र ज्ञापनपत्र पेश गरिने र सरकारले आफ्ना माग सम्बोधन नगरी बेवास्ता गरे भाद्र ३ र ४ गते देशैभरीका सामुदायिक विद्यालय बन्द गरिने परिषदले जनाएको छ ।

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय क्याम्पस तोडफोड

कन्चनपुर,पुष १ ।  सधैं बिबादमा रहँदै आएको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय क्याम्पस तोडफोड भएको छ । कञ्चनपुरका विद्यार्थी संगठनले

अत्तरियामा रहेको जे.के स्कुल आफ्नै सुबिधा सम्पन्न भवनमा

अत्तरिया , मंसिर २९ ।  कैलालीको अत्तरियामा रहेको जे.के माध्यामिक बिधालय आजवाट आफ्नै सुबिधा सम्पन्न भवनमा सरेको छ । बिधालयको नवनिर्मित भवनको

त्रिनगर मावि धनगढी बालविकास केन्द्र बन्द, शिक्षिका निकाला

धनगढी, मंसिर २८ ।   धनगढीको त्रिनगर माध्यमिक विद्यालयमा सञ्चालन हुँदै आएको बालविकास केन्द्र विद्यालय प्रशासनले बन्द गरेको छ । प्रशासनले उक्त