टीकापुर घटनाको पहिलो पेशी सर्यो

कैलाली , साउन २५
टीकापुर घटनाको पहिलो पेशी सरेको छ । झण्डै तीन बर्षपछि तोकीएको घटनाको पहिलो पेशी पनि ३० गतको लागि सारेको जिल्ला अदालत कैलालीले जनाएको छ । जिल्ला न्यायाधीश पर्शुराम भट्टराईको स्वास्थ्य समस्या र टीकापुर घटनाको मुद्दा अदालतको साप्ताहिक मुद्दा पेशीको तालिकामा नचढेकाले पेशी सारिएको अदालतले जनाएको छ । जिल्ला न्यायाधीश भट्टराई स्वास्थ्य उपचारपछि आजै फर्केपनि अदालतको साप्ताहिक मुद्दा पेशीको तालिकामा चढेकाले सुनुवाइ हुन नसकेको बताइएको छ ।

 

भदौ ७ गते टीकापुर घटना घटेको तीन वर्ष पुग्दैछ । जसको पहिलो पेशी हिजो (विहिवार) तोकिएको थियो । न्यायाधिश पुर्शराम भट्टराई स्वास्थ्य समस्याका कारण काठमाडौं जानु भएको र हिजो फर्केपनि सुनुवाई हुन नसकेको अदालतका नायब सुब्बा भानुभक्त पाण्डेले बताए । उनले  पेशी अदालतको साप्ताहिक मुद्धा पेशीको तालिकामा नचढेकोले पेशी सरेको बताएका छन् । अदालतले वादी तथा प्रतिवादी पक्षबाट प्रमाण बुझेर साक्षी आदेश जारी गर्ने जनाईएको छ । टीकापुर घटनाको मुद्दा नियमित पेशीमा चढेकोमा ३० गते पहिलो पेशी भए अब चाँडै नै किनारा लाग्ने दावी जिल्ला अदालत कैलालीको छ । आवश्यक सबै प्रमाण संकलन भएको अवस्थामा २ महिनामा नै मुद्दाको किनारा लाग्ने जनाईएको छ ।

 

२०७२ भदौ ७ गते थरुहटथारुवान आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडपमा परी १ नाबालक र ७ प्रहरीको ज्यान गएको थियो । घटनाको भदौ ७ गते  तीन बर्ष हुदै छ । हालसम्म १ नाबालक, प्रतिनिधि सभा सदस्यमा विजयी रेशम चौधरी सहित २६ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दा चलाई पुर्पक्षको लागि कारागार चलान गरिएको छ ।  उता विहिवार हुने भनिएको पेशी सरेपछि टीकापुरका स्थानीयहरु निराश बनेका छन् ।

 

प्रतिकृया दिनुहोस

दशैंकै दोस्रो दिन मुख्यमन्त्री भट्ट खुटिया–बिपीनगर–दिपायल दुर्तमार्गको अबलोकनमा दिनभर ब्यस्त

अत्तरिया ,कार्तिक ३ ।  पहाडका तिन र तराईको एक जिल्ला जोड्ने  खुटिया–बिपीनगर–दिपायल दु्र्तमार्गको आज सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री

भन्सार पुनःस्थापना नहुँदा दार्चुला-तिब्बत राजस्व अशुली ठप्प

दार्चुला ,कार्तिक ३ ।  दार्चुलामा तिब्बत सँग जोडीएको भन्सार कार्यालय नहुँदा राजस्व असुली सुन्य भएको छ । दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष

हिमाली जिल्ला बझाङमा A/C बस सेवा सन्चालनमा आउने

बझाङ ,कार्तिक ३ ।  सुदुरपञ्चिमप्रदेशको  हिमाली जिल्ला बझाङमा A/C बस सेवा सन्चालनमा अाएकाे छ  ।  यात्रुहरू काे सेवा सुविधाकाे लागि ए सि बस  सेवा