भारतीय पक्षले नेपाल तर्फ एकतर्फि रुपमा बनाउदै आएको सडक निर्माणको कार्य राकियो

कञ्चनपुर , साउन २५ ।
कञ्चनपुरको भीमदत्तनगरपालीका–९ ब्रम्हदेवमा भारतीय पक्षले नेपाल तर्फ एकतर्फि रुपमा बनाउदै आएको सडक निर्माणको कार्य रोकेको छ । नेपाली शुरक्षाकर्मीको टोलीले निर्माण कार्य रोक्न लगाएको हो । भारतीय पक्षले नेपाल तर्फको दुई सय मिटर क्षेत्रमा सडक बनाउनका लागि पाईप कल्भर्ट राख्न लागेको कार्य रोकेको हो । पाइप कल्भर्टका लागि खनेको खाल्टो पुर्न लगाईएको इलाका प्रहरी कार्यालय ब्रम्हदेवका प्रहरी नायव निरिक्षक दिपेन्द्र सिंह थापाले बताएका छन् ।

 

यस बारे प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी सबैलाई जानकारी दिइएको उनले बताए । भारत तर्फ पर्ने भनिएको क्षेत्रमा भने भारतीय पक्षले निर्वाध रुपमा सडक निर्माणलाई अगाडी बढाएको छ । हराएको सीमा स्तम्भ नं ३ भन्दा उत्तर तर्फको दुई सय मिटरको क्षेत्रमा भारतीय पक्षले सडक बनाउन थालेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले रोकेका हुन । सन् १९९० को सन्धि अनुसार भन्दै सडक निर्माणको कार्य अगाडी बढाउदै आएको छ । मंगलबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमार खडकालगायतको टोलीले सडक निर्माणको कार्यको निरिक्षण पश्चात नेपालसंग सहमती नलिई कार्य अगाडी बढाएको भन्दै सर्भे टोली नआउन्जेल सम्मका लागि कार्य रोक्न भारतीय समकक्षीसंग पत्राचार गरेका थिए ।

 

प्रतिकृया दिनुहोस

निर्मला पन्त प्रकरण : एआइजी बस्नेत नेतृत्वको छानबिन समितिले प्रतिवेदन बुझायो

काठमाण्डौ,पुष २ ।  कञ्चनपुरकाे १३ वर्षीय बालिका निर्मला पन्तकाे बलात्कारपछि हत्या भएकाे घटनामा प्रहरी अनुसन्धानमा भएकाे लापबाहीकाे छानबिन गर्न

१८ दिनदेखि बेपत्ता बैतडीका लक्षिराम लावड मृत फेला

बैतडी , पुस ०२ । १८ दिनदेखि बेपत्ता बैतडीको दशरथचन्द नगरपालिका–३ हल्लेकका ४५ वर्षीय लक्षिराम लावड आइतबार मृत फेला परेका छन् । गत मङ्सिर १२ गते घरबाटै

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन ,पुस ०२ । नारायणगढ–मुग्लिन सडकखण्डको भतेरीमा आज बिहान ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। काठमाडौंबाट भारतको चेन्नाइतर्फ जान आउँदै