खड्गबहादुर विश्वकर्मा आपराधिक गतिविधि संगलग्न रहेका कारण पक्राउ गरीएको हो - गृहमन्त्री थापा

चितवन ,साउन २५ । 
गृहमन्त्री रामबहादुर थापाले खड्गबहादुर विश्वकर्माले आपराधिक गतिविधि गरेका कारण पक्राउ गरेको बताउनुभएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता विश्वकर्मा चन्दा आतंक र हिंसात्मक गतिविधिमा लागेका कारण पक्राउ गरेको बताउनुभयो ।

“कानून र विधिलाई उल्लंघन गर्नेलाई नियन्त्रण गर्ने प्रक्रियामा विश्वकर्मा पक्राउ परेका हुन्,”उहाँले भन्नुभयो । एक प्रश्नमा मन्त्री थापाले भन्नुभयो, “म गृहमन्त्री हो, गृहमन्त्रीको जिम्मेवारी अपराधी नियन्त्रण गर्ने हो ।” विश्वकर्मा प्रहरीको खोजीको सूचीमा रहेकाले पक्राउ गरिएको पनि उहाँले बताउनुभयो । सरकारका विरुद्धमा रहेका शक्तिलाई राजनीतिकरुपमा र प्रशासनिकरुपमा नियन्त्रण गर्ने प्रक्रियामा सरकार रहेको गृहमन्त्री थापाले बताउनुभयो ।

भक्तपुरमा बालक अपहरण र हत्यामा संलग्नलाई २४ घण्टाभित्र निस्तेज गर्न सफल भएको उहाँले बताउनुभयो । गृह मन्त्रालयमा प्राप्त रिपोर्टअनुसार उक्त घटना मुठभेडबाट भएको भन्दै उहाँले भन्नुभयो, “फेक इन्काउन्टर भन्ने हल्ला हो, हल्लाकै रुपमा हामीले बुझेका छौँ ।”

सुन तस्करीको अनुसन्धान जारी रहेको भन्दै मन्त्री थापाले तस्कर नछुट्ने बताउनुभयो । गृहमन्त्री थापाले सरकारले देशमा शान्ति सुरक्षा र अमनचैन कायम गर्न सकेको छ भन्नुभयो । अपराध कम भएको र दोषी तत्काल पक्राउ गर्न सरकार सफल भएको भन्दै उहाँले विपद व्यवस्थापनमा सरकार लागिपरेको बताउनुभयो ।
रासस

प्रतिकृया दिनुहोस

झन्डै पाँच महिनापछि नेकपा स्थायी समितिको बैठक शुरु

काठमाडौं,मंसिर २९ ।   एकीकरण घोषणाको झन्डै पाँच महिनापछि नेकपा स्थायी समितिको बैठक बसेको छ। पार्टी केन्द्रीय कार्यालय  धुम्बराहीमा शनिबार दिउँसो

नेपाली का‌ंग्रेसको बहुप्रतिक्षित महासमिति बैठक शुरु

काठमाण्डौ,मंसिर २८ ।  नेपाली का‌ंग्रेसको बहुप्रतिक्षित महासमिति बैठक शुक्रबार अर्थात आजदेखि काठमाडौँमा शुरु हुदैछ । कांग्रेसका विद्यमान विधान

डोटी काठमाण्डौ संपर्क समितिको अध्यक्षमा बलाएर

काठमाण्डौ,मंसिर २७।  नेपाली कांग्रेस डोटी काठमाण्डौ संपर्क समितिको दोश्रो साधारण सभा सम्पन भएको छ ।बिहिबार काठमाण्डौमा सम्पन भएको  समितिको