विभिन्न मागहरु राख्दै कागे्श गोदावरी नगर समितिद्धारा नगरप्रमुखलाई ज्ञापन

 

अत्तरिया , साउन २५ ।
विभिन्न मागहरु राख्दै नेपाली कागे्रश गोदावरी नगर समितिले गोदावरी नगरपालिकाका नगरप्रमुखलाई ज्ञापन पत्र बुझाएको छ । विभिन्न पाच बुँदे माग राख्दै कागे्रश नगर समितिको टिमले आज गोदावरी नगरपालिकाको कार्यालयमै गएर नगरप्रमुख हरि सिंह साउदलाई ज्ञापन पत्र बुझाएका हुन् । कागे्रश नगर सभापति हेमप्रकास उप्रेतीद्धारा हस्तारक्षित ज्ञापन पत्रमा करमा भएको बृद्धि फिर्ता हुनुपर्ने , जग्गाको मुल्याड्कन बैज्ञानिक तरिकावाट गर्नुपर्ने , छाडा पशुचौपायको ब्यबस्थापन यथाशिघ्र गर्नुपर्ने , छाडा पशुचौपायको ब्यबस्थापनमा भएको खर्चको विवरण जनतामाझ सार्वजनिक गर्नुपर्ने , नगरभित्र भएका ढल निकासा , सडक , नदी कटान लगाएतका समस्याहरुको स्तोरोउन्नती गर्नुपर्ने मागहरु उल्लेख गरिएको छ ।

 

स्थानिय तहको निर्वाचन सम्पन्न भएर जनप्रतिनिधिहरु आएको एक बर्ष बितिसक्दा पनि जनताले नगरपालिकावाट उपलब्ध हुने सेवा सुबिधा र विकास निर्माणका कामहरु उपलब्धी मुलक हुन नसकेको आरोप लगाउदै नगरसमितिले जनताको ढाड सेक्ने गरी गरिएको कर बृद्धि प्रति गम्भिर ध्यानाकर्षण भएकोे ज्ञापन पत्रमा उल्लेख गरेको छ । ज्ञापन पत्र बुझदै नगरप्रमुख हरि सिंह साउदले नगरको समग्र विकासका लागी कागे्रश नगर समितिले उठाएका मागहरु प्रति आफु सकारात्मक रहेको र यसको कार्यान्वयनका लागि चाडै पहल गर्ने प्रतिवद्धता जनाएको नगर समिति सचिब तेज बाहादुर खड्काले बताए ।

 

ज्ञापन पत्र बुझाउदा नेपाली कागे्शका महासमिति सदस्य पदमराज भट्ट , खडक सिंह बडैला , क्षेत्रिय उप सभापति खेम साउद , नगर सभापति हेम प्रकास उप्रेती , तरुण दलका नगर सभापति शंकर खड्का , कागे्रश नेता सुरत कार्की लगाएतको उपस्थिती रहेको थियो । आफुहरुले राखेका माग समयमै समाधान नभए चरमबद्ध रुपमा आन्दोलनमा उत्रिने समेत ज्ञापन पत्रमा भनिएको छ ।

 

 

 

प्रतिकृया दिनुहोस

बैतडीमा भीरबाट लडेर एकजनाको मृत्यु

बैतडी , कात्तिक ०५ । भीरबाट लडेर बैतडीमा एक जनाको मृत्यु भएको छ । जिल्लाको मेलौली नगरपालिका ५ मा पर्ने सीमा भिरबाट लडेर मेलौली ३ कुजागाडका २८ वर्षिय जय

कर्णाली नदीमा डुंगा पल्टिदा बेपत्ता भएका दुई जनामध्ये एकको शव फेला

चिसापानी , कात्तिक ०४ । कर्णाली नदीमा डुंगा पल्टिदा हुँदा बेपत्ता भएका दुई जनामध्ये एकजनाको शव फेला परेको छ । नदीमा डुंगा पल्टिदा बेपत्ता भएका २३

कञ्चनपुरका महिला जडीबुटी खेती गरेर आत्मनिर्भर बन्दै

कञ्चनपुर , कात्तिक ०४ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ बेल्डाँडीका समूहमा आवद्ध महिला जडीबुटी खेती गरेर आत्मनिर्भर हुन थालेका छन्। सात समूहमा