गोदावरी नगरपालिकाको खमौरामा टिप्परको ठक्करवाट एक बृद्धाको ज्यान गयो

हेमराज भट्ट ,अत्तरिया  फागुन ०३ ।
कैलालीको गोदावरी नगरपालिकाको बडा नं १० मा पर्ने खमौरामा टिप्परको टक्करवाट एक बृद्धाको ज्यान गएको छ । बुधवार दिउसो खमौरा ओलानी सडकमा गुडिरहेको से १ ग ९७ नम्वरको टिप्परको टक्करवाट  स्थानिय पैदल यात्री ७० बर्षिया बृद्धा चन्द्रा देबि पार्किको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । टिप्परको ठक्करवाट गम्भिर घाईते भएकि बृद्धालाई उपचारका लागी अत्तरिया स्थित पद्मा अस्पतालमा लगीएको थियो ।

पद्मा अस्पतालले उपचार गर्न नसकेपछि धनगढी स्थित सेती अञ्चल अस्पतालमा लगीएको थियो । उनको सेती अञ्चल अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ । ठक्कर दिने टिप्पर र टिप्पर चालक जिल्ला प्रहरी कार्यालय कैलालीको नियन्त्रणमा जिल्ल प्रहरी कार्यालय कैलालीका प्रहरी प्रबक्ता बिर वाहादुर बुढामगरले जानकारी दिए  ।

 

प्रतिकृया दिनुहोस

वास्तविक अपराधी लुकाउन खोजेको भन्दै महेन्द्रनगरमा तनाब

कन्चनपुर ,भाद्र ५ ।  कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको घटनामा प्रहरीले बास्तबिक हत्यारा लुकाउन खोजेको भन्दै

निर्मला पन्तको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका अभियुक्त सार्वजनिक

कञ्चनपुर , भदौ ०४ । कञ्चनपुरकि १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका अभियुक्तलाई सार्वजनिक गरिएको छ । हत्या

अपहरणमा परेका कैलालीका ५ बर्षिय बालकको ९ घण्टापछि सकुशल उद्धार , अपहरणकारी प्रहरी नियन्त्रणमा

कैलाली , भदौ ०४ । आज बिहान ९ बजे अपहरणमा परेका कैलालीका ५ बर्षिय बालकको सकुशल उद्धार गरिएको छ । आदर्श मावि विनौलीमा अध्ययनरत ५ बर्षिय बालक खेमाङ चौधरीको