कञ्चनपुरमा ६६ बर्षिया बृद्धद्धारा साढे पाँच वर्षीय बालकमाथि यौन दुर्व्यवहार

फाईल फोटो

कञ्चनपुर , साउन २६ ।
कञ्चनपुरमा महिलामाथि बलात्कार र हत्याका घटना बढिरहेका बेला एक अर्को घटना बाहिरिएको छ । सुन्दा अच्चम लाग्न सक्छ, कञ्चनपुरमा एक पुरुषले साढे पाँच वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेका छन् । भीमदत्त नगरपालिका–३ तिलपुरका ६६ वर्षीय गोपाल धामीले कञ्चनपुरको बेदकोट नगरपालिका–७ गाउजीका बालकको मुखमा लिंग घुसाएका हुन् । झारफुक पेशा गर्दै आएका गोपालले बिहीबार मध्यरातमा बालकको मुखमा लिङ्ग घुसाएर ‘माउथ सेक्स’ गरेको घरपरिवारले बताएका छन् ।

 

छोरो बिरामी भएपछि उनका बुबाले ती धामीलाई झारफुक गर्नका लागि बिहीबार दिउँसो घरमै बोलाएका थिए । बालकका बुबाले भने, ‘खाना खाएपछि झाँग्रीले चुरोट खाएर बालकसंग सुत्ने भनेपछि हामीले सुतेको बालकलाई धामीको कोखमै राख्यौँ ।’ धामीले जो कोही कसैका बालबालिका आफ्नै नातिनातिना जस्तै मान्छु भन्दै बालक आफैसंग सुताउन आग्रह गरेका थिए । ‘राती लोडसेडिङ्ग भयो, मेरी बुढी सिँढीमा बसेकी थिईन् ।’ बालकका बुबाले भने, ‘ती झाँग्रीले आफ्नो लिंग बालकको मुखमा घुसाउँदै गरेको बुढीले बताइन्, तर मैले विश्वासै गरिन, पछि छोरो करायो, त्यसपछि उठेर आफै गएँ झाँग्रीले छोराको मुखमा लिङ्ग हाल्दै निकाल्दै गरेको देखेँ ।’ उनका अनुसार लोडसेडिङ्ग भईरहेका बेला झाँग्रीले टर्च लाइट बाल्दै निभाउँदै गएका थिए ।

 

दुई झापड हानेर प्रहरीलाई खबर गरेको बालकका बुबाले बताए । राती नै सिसैया प्रहरी चौकीले गोपाललाई घरबाटै पक्राउ गरेको थियो । पीडित अभिभावकले नाबालकमाथि यौन दुर्व्यवहार गरेको भन्दै कार्बाहीको माग गरेका छन् । सयममै अभिभावकले थाहा पाएपछि ती बालक ठुलो दुर्घटनाबाट जोगिएका छन् । शुक्रबार पीडित परिवारले कार्बाहीका लागि झाँग्री बिरुद्ध उजुरी दिएका छन् । कञ्चनपुरका प्रहरी प्रवक्ता ज्ञानबहादुर सेठीले घटनाका बारेमा विस्तृत अनुसन्धान भईरहेको बताए । नया पत्रिका अनलाईनवाट

 

प्रतिकृया दिनुहोस

पन्त हत्या प्रकरण - स्थानीयले गरेको आन्दोलनका कारण कन्चनपुरमा तनाब कायमै

कन्चनपुर ,भाद्र ५ ।  कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको घटनामा प्रहरी अनुसन्धानमाथि प्रश्न उठाउँदै स्थानीयले

वास्तविक अपराधी लुकाउन खोजेको भन्दै महेन्द्रनगरमा तनाब

कन्चनपुर ,भाद्र ५ ।  कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको घटनामा प्रहरीले बास्तबिक हत्यारा लुकाउन खोजेको भन्दै

निर्मला पन्तको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका अभियुक्त सार्वजनिक

कञ्चनपुर , भदौ ०४ । कञ्चनपुरकि १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका अभियुक्तलाई सार्वजनिक गरिएको छ । हत्या