प्रदेश ७ मा सुरु भयो बलात्कार विरुद्ध चार महिने अभियान

कैलाली , साउन २६ ।
पछिल्लो समय कैलाली , कञ्चनपुर संगै समर्ग ७ नं प्रदेशमा बलत्कार पछि हत्याका घटनाहरु बढ्दै गएपछि यसका बिरुद्ध चार महिने अभियान सुरु गरिएको छ । शुक्रवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त अभियान सुरु भएको जानकारी गराइएको छ । महिलाहरुको हक अधिकारका क्षेत्रमा निरन्तर आवाज उठाउदै आएको महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जाल नामक संस्थाले बलत्कार विरुद्ध चार महिने अभियानको थालनी गरेको हो ।

 

पछिल्लो समयमा बढ्दै गएको बलत्कारका घटनाहरुको न्युनिकरण र घटनामा संग्लनहरुलाई कडा कारबाहिको लागी सो अभियानले सहयोग पुग्ने महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालकी अध्यक्ष डा. रेणु अधिकारी राजभण्डारीले पत्रकार सम्मेलनमा बताइन् । उनका अनुसार अभियान अन्तर्गत हरेक हप्ताको शुक्रवार दिउसो ११ देखि १२ बजेसम्म मुख्यमन्त्री कार्यालय अगाडी धर्ना दिइने र  हरेक महिनाको अन्तिम दिन ¥याली निकालिने छ । एक हप्ताभित्र सरोकारवाला सबै संग छलफल गरी समुदाय तहदेखि अभियान सञ्चालन गर्न कार्य योजना तयार गर्ने, हरेक जिल्लामा ¥याली एवं जिल्ला समन्वय समिति अगाडी धर्ना दिइने , पत्रकार, प्रहरी लगायत सरोकारवालासँग लैङगिक सवेदनशिलताबारेमा अन्तरक्रिया गरिने बताइएको छ ।

 

शुक्रवारदेखि सुरु भएको अभियान डिसेम्बर १० अर्थात् मानवअधिकार दिवस सम्म संचालन गरिने छ । महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई पक्राउ गर्नुको साटो घटनालाई दवाउन चलखेल भइरहेको आरोप लगाएको छ । घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान व्यूरो (सिआईवि) को टोली परिचालन गर्दा पनि १५÷१५ दिनसम्म घटनाबारे केही पत्ता नलाग्नु शङ्कास्पद रहेको राष्ट्रिय सञ्जालको दाबी छ । चार महिने अभियानमा महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालकी केन्द्रीय सदस्य तथा कैलाली अध्यक्ष निर्मला बाग चन्द संयोजक रहेकि छन् भने अनौपचारिक सेवा केन्द्र ईन्सेकका कृष्ण विक सह–संयोजक र सिविन नेपालका हिरालाल चौधरी सदस्य रहेका छन् ।

 

प्रतिकृया दिनुहोस

पन्त हत्या प्रकरण - स्थानीयले गरेको आन्दोलनका कारण कन्चनपुरमा तनाब कायमै

कन्चनपुर ,भाद्र ५ ।  कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको घटनामा प्रहरी अनुसन्धानमाथि प्रश्न उठाउँदै स्थानीयले

वास्तविक अपराधी लुकाउन खोजेको भन्दै महेन्द्रनगरमा तनाब

कन्चनपुर ,भाद्र ५ ।  कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको घटनामा प्रहरीले बास्तबिक हत्यारा लुकाउन खोजेको भन्दै

निर्मला पन्तको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका अभियुक्त सार्वजनिक

कञ्चनपुर , भदौ ०४ । कञ्चनपुरकि १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका अभियुक्तलाई सार्वजनिक गरिएको छ । हत्या