मौसमविदका अनुसार पश्चिम नेपालमा आज राती भारी वर्षाको सम्भावना

काठमान्डौ , साउन २६ ।
मौसमविदले शनिबार राति पश्चिम नेपालमा अति भारी वर्षाको सम्भावना रहेको बताएका छन् । पश्चिम नेपाल भन्नाले पोखरादेखि सु्दूरपश्चिमसम्मको क्षेत्रलाई लिने गरिन्छ । मौसमविद विभूति पोखरेलले आज राति पश्चिमका एक वा दुई स्थानहरुमा अति भारी वर्षाको सम्भावना रहेको बताइन् । वर्षा र बदलीको सम्भावना भने सोमबारसम्म देशभर नै रहेको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

 

बुलेटिनअनुसार आज दिउँसो पश्चिमका एक वा दुई स्थानमा र राति पश्चिमका केही स्थानहरुमा तथा पूर्व र मध्यका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति भने पश्चिमका एक वा दुई स्थानहरुमा अति भारी वर्षाको सम्भावना छ । आइतबार दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरैजसो स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा हुने अनुमान छ । आइतबार दिउँसो र राति पश्चिमका केही स्थान तथा मध्य र पूर्वका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार बिहानको समयमा पश्चिमका एक–दुई स्थानमा भारी वर्षाको सम्भाबना रहेको तथा दिउँसो र राति देशभर हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद पोखरेलले जानकारी दिइन् । अनलाईन खबरवाट

 

प्रतिकृया दिनुहोस

सुदुरपश्चिम प्रदेशका बिभिन्न शक्तिपीठहरुमा बिहानैदेखी पशुबली दिनेहरुको भिड

डोटी ,असोज ३१ ।  बडादशैं अन्तरगत  महाअष्ठमीको दिन बुधबार सुदुरपश्चिम प्रदेशका बिभिन्न  शक्तिपीठहरुमा बिहानैदेखी पुजाअाजसहित पशुबली दिईएको छ

वडादशैको आठौ दिन महाअष्टमी पर्व , देशैभरका शक्तिपीठ तथा घरघर बली दिईदै

अत्तरिया , असोज ३१ । नेपाली हिन्दु धर्मालम्बीको महान् पर्व दशैंको आठौं दिन आज देशभरका शक्तिपीठका साथै घरघरमा महाअष्टमी पर्व मनाइँदैछ । विशेषगरी

विजया दशमीको सातौ दिन आज घर घरमा फूलपाती भित्र्याइँदै

अत्तरिया , असोज ३० । हरेक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक