प्रतिभा पुस्तकालयमा नियमित काब्य शृड्खला “रचना वाचन” कार्यक्रम सुरु

संगिता खड्का , साउन २६ ।
अत्तरियामा रहेको प्रतिभा पुस्तकालयले आजवाट नियमित काब्य शृड्खला “रचना वाचन” कार्यक्रम सुरु गरेको छ । आज एक कार्यक्रमका बिच “रचना वाचन” कार्यक्रमको सुरुवात गरिएको छ । पुस्तकालयका सल्लाहाकार एबम् निर्वमान अध्यक्ष कृष्ण पनेरु बञ्चितको सभापतित्वमा सुरु भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य नन्दराज भट्ट प्रमुख अतिथी रहनुभएको थियो ।

 

हरेक महिनाको अन्तिम शनिवार प्रतिभा पुस्तकालय जाऔ नियमित काब्य शृड्खला “रचना वाचन” कार्यक्रममा सहभागि बनौ भन्ने मुल नाराका साथ आजवाट सुरु भए रचना वाचन कार्यक्रमलाई हरेक शनिवारमा मनाईने कार्यक्रमका संयोजक पदमप्रकास साउदले बताए । बढ्दो आधुनिकतासंगै पछिल्लो समयमा हराउदै गएको सुदुरपश्चिमको कला , संस्कृति, भेषभुषालाई बचाई राख्न र स्थानिय स्तरमा रहेको प्रतिभालाई उजागर गर्न कार्यक्रमको आयोजना गरिएको उनले बताए ।

 

आफुसंग रहेका प्रतिभालाई आफु भित्रै सिमित नराखी हरेक महिनाको अन्तिम शनिवार पुस्तकालयमा पुगेर प्रस्तुत गर्न निर्वमान अध्यक्ष कृष्ण पनेरु बञ्चितले सबैमा आग्रह  गरे । आज पहिलो दिन यस क्षेत्रका समाजसेवी , बुद्धिजिवि , शिक्षक , बिभिन्न बिधालयमा अध्यनरत बिधार्थीहरुले आफुसित भएका गित , गजल , कविता लगाएतका प्रस्तुतिहरु राखेका थिए । कमला भट्राईको स्वागत मन्तब्यवाट सुरु भएको कार्यक्रमको संञ्चालन कार्यक्रमका संयोजक पदक प्रकास साउदले गर्नुभएको थियो ।

 

प्रतिकृया दिनुहोस

चर्चित उपन्याश 'सखीको' धनगढीमा गृह बिमोचन (फोटो फिचर)

  धनगढी,कार्तिक २१ ।  चर्चित उपन्याश सखीको धनगढीमा बुधबार गृह बिमोचन सम्पन्न भएको छ । धनगढी जेसिसले आयोजना गरेको कार्यक्रममा  नेपाली

तेजेन्द्र गन्धर्वले गाए निर्मला हत्याको मार्मिक गीत (भिडियोसहित)

काठमाण्डौ ,कार्तिक १२ ।  ‘द भ्वाइस’ को आइतबार रातिको कार्यक्रममा भोजपुरका तेजेन्द्र गन्धर्वले निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयलाई