‘भ्यालेन्टाइन डे’ मा बिहे गर्न नमान्दा युवतीको अपहरण र बलात्कार

काभ्रे , फागुन ३ ।
 प्रणय दिवसमा बिहे गर्ने प्रस्ताव अस्वीकार गरेपछि काभ्रेमा एक युवतीको अपरहणपछि बलात्कार भएको छ । भकुण्डेबेसीबाट अपहरणमा परेकी युवतीको प्रहरीले बुधबार विहान पनौतीबाट उद्धार गरेको छ । ‘भ्यालेन्टाइन डे’ को अघिल्लो दिन घुम्न जाने र विवाहको प्रस्ताव गरे, मैले मानिनँ’ पीडित युवतीले प्रहरीलाई भनिन्, ‘त्यसपछि मलाई जवरजस्ती भकुन्डेबाट अपहरण गरेर खै कता लगे, थाहा छैन, बिहान ८ बजेतिर प्रहरी चौकी पनौतीले मलाई उद्धार गर्‍यो ।’अपहरणमा संलग्न दैलेख चामुण्डाका २१ वर्षीय वमबहादुर विष्टलाई प्रहरीले पक्राउ गरेको छ ।

विष्टसहित ३र४ जनाको समूहले युवतीलाई अपहरण गरी निजी गाडीमा राखेर पनौती पुर्‍याएको प्रहरीको भनाइ छ । युवतीका आफन्तको उजुरीका आधारमा प्रहरीले बुधबार विहान पीडितको उद्धार गरेको हो । जिल्ला प्रहरी कार्यालयमा मंगलबार राति महिला अपहरणको सूचना आएपछि खोजी गर्ने क्रममा पनौतीबाट उनको उद्धार गरिएको काभ्रेका प्रहरी प्रमुख एसपी सहकुल थापाले बताए ।
उद्धारपछि युवतीले आफूमाथि बलात्कार भएको बयान दिएकी छिन् । बुधबार जिल्ला प्रहरी कार्यालय काभ्रेमा भेटिएकी पीडितले भनिन्, ‘मलाई जबरजस्ती पनि भएको छ, अब म कानुनी प्रक्रियामा अगाडि लाग्छु । ममाथि अपरहण अनि जबरजस्ती करणी भएको छ ।’पीडितको जाहेरीका आधारमा अपरहण तथा जवरजस्ती करणीको मुद्दा दर्ता समेत भएको छ । पीडित महिलाको स्वास्थ्य परीक्षण प्रक्रिया पनि अघि बढाइएको प्रहरीले जनाएको छ ।

अनलाईन खबरवाट साभार

प्रतिकृया दिनुहोस

केन्द्र सरकारले सबै प्रदेशमा सञ्चार ग्राम स्थापना गर्ने

काठमान्डौ , भदौ ०५ । सरकारले सबै प्रदेशमा सञ्चार ग्राम स्थापना गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सबै प्रदेशमा संचार

पेट्रोलियम पदार्थमा फेरी मूल्य बृद्धि

काठमान्डौ , भदौ ०४ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आयल निगमले पेट्रोल, डिजेल मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएको हो ।

प्रदेश न २ भाग्यमानी हो,कोलकाता पुग्ने पानी जहाज पनि यसै प्रदेशबाट चल्छ - प्रधानमन्त्री ओली

जनकपुर ,भाद्र २ ।  प्रधानमन्त्री केपी आलीले संविधान संशोधन गर्न सकिने बताएका छन् । शनिबार  प्रदेश २ को संसदलाई सम्बोधन गर्दै संविधान कुनै