दिन प्रतिदिन खाद्यान्न आयात बढ्दै गएको प्रति ७ नं प्रदेशका सरोकारवालाद्धारा चिन्ता व्यक्त

कैलाली , साउन २८ ।
मुलुकमा दिन प्रतिदिन खाद्यान्न आयात बढ्दै गइरहेको प्रति प्रदेश ७ का सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । फाया नेपालले आयोजना गरेको नेपालमा धान खेतीका सम्भावना र चुनौति बिषयक अन्रक्रिया कार्यक्रमका सहभागीहरुले खाद्यान्न आयात बढ्दै जानु दुखद भएको बताएका हुन । गत आर्थिक बर्षमा मात्रै मुलुकमा ३० अर्बभन्दा बढीको चामल आयात भएको भन्दै साना तथा सिमान्तकृत किसानालाइ प्रत्यक्ष फाइदा पुग्ने क्रियाकलाप राज्यले ल्याउनु पर्नेमा उनीहरुको जोड रहेको छ ।

 

आर्थिक वर्ष २०७४÷०७५ मा कैलालीबाट मात्रै ८२ करोड बढी मुल्यको चामल आयात भएको कैलाली भन्सारले जनाएको छ । नेपालमा अधिकांस जनसंख्या कृषिमा आधारित छ । तर पनि मुलुकले बर्षेनी ठुलो परिमाणको खाद्यान्न आयात गर्नुपर्ने बिडम्बना रहेको सरोकारवालाहरुले बताएका छन् । गत आर्थिक बर्षमा मात्रै नेपालमा ३० अर्ब भन्दा बढीको चामल आयात भएको तथ्याङ्क छ । जसमा ८२ करोड बढी मुल्यको चामल आयात भएको कैलाली भन्सारको तथ्याङ्कमा छ । जुन आर्थिक बर्ष २०७३÷०७४ भन्दा १० करोड बढी हो । यसरी बर्षेनी खाद्यान्न आयात बढ्दै जानुको प्रमुख कारण यस क्षेत्रका साना तथा कृषिमा पूर्ण आधारित किसानहरु राज्य बाट लाभान्वित नहुनु हो ।

 

नेपालमा ६५ लाख भन्दा बढी किसान कृषिमा आधारित भए पनि राज्यले दिने भनेको सहुलीयत दरको कृषि अनुदान ३ हजार जनाले मात्रै पाउने गरेको नेपाल विउँ व्यवसायी संघका अध्यक्ष लक्ष्मीकान्त ढकालले बताउनु भयो । राज्यको अनुदानबाट बञ्चित किसानहरुलाइ सहुलीयत दरमा अनुदान उपलब्ध गराउन जनप्रतिनिधिले पहल गर्नुपर्नेमा उहाँको जोड रहेको छ ।

 

प्रतिकृया दिनुहोस

बझाङको साईपाल हिमालको पहिलो पटक सफल आरोहण

बझाङ,कार्तिक २६ ।  बझाङको साईपाल हिमालको पहिलो पटक सफल आरोहण गरिएको छ । मिसन साईपाल अभियानका टोली सदस्यहरुले  ७ हजार ३१ मिटर अग्लो साईपाल हिमालमा

अत्तरियामा रहेको दुग्ध विकास संस्थानलाई प्रदेश सरकारको स्वामित्वमा ल्याउने तयारी

अत्तरिया ,कार्तिक ७।  अत्तरियामा रहेको दुग्ध विकास संस्थानलाई प्रदेश सरकारको स्वामित्व मा ल्याउन पहल शुरु गरिएको छ । आज दुग्ध  उत्पादन केन्द्रको