सेती अञ्चल अस्पतालको मेडिकल वार्डहरु र सर्जिकल वार्डहरुमा नर्स अभाव भएपछि सेवा प्रवाहमा समस्या

कैलाली , फागुन ३ ।
सेती अञ्चल अस्पतालको मेडिकल वार्डहरु र सर्जिकल वार्डहरुमा नर्स अभाव भएपछि सेवा प्रवाहमा समस्या भएको छ । अस्पतालको पूरानै दरबन्दी र त्यसैमाथि बिरामीको चाप बढ्दै जानुले सेवा प्रवाहमा समस्या भएको हो । सामान्यतया एक वार्डमा दश जनासम्म नर्स आवश्यक देखिएपनि ४ जना नर्सले वार्डमा सेवा दिनुपर्ने बाध्यता छ । जसले गर्दा नर्सहरुलाई अतिरिक्त समयमा पनि अस्पतालमा डियूटी दिनुपरेको सेती अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सजन केसीले बताए । हाल अस्पतालमा १८ जना स्टाफ नर्स र ४ जना अनमीको दरबन्दी छ । त्यस्तै अस्पताल विकास समितिबाट ५ जना स्टाफ नर्स १६ जना अनमी कार्यरत छन् ।

त्यस्तै, आमा सुरक्षा कार्यक्रमबाट स्टाफ नर्स २ जना, १५ जना अनमी, र मन्त्रालय नर्सिङ अधिकृत २ जना गरि जम्मा ६२ जना नर्स  भएपनि अस्पतालका सबै वार्डमा सेवा दिन अपुग भएको छ । बिरामीको चाप बढिरहेको समयमा आवश्यक जनशक्ति नथप्दा चाहेको समयमा सेवा प्राप्त गर्ने नसकिने गरेको सेवाग्राहीहरुको गुनासो छ । प्रदेश नं ७ को रेफरल अस्पतालका रुपमा रहेको सेती अञ्चल अस्पतालमा नर्स तथा अनमीहरु अभाव भएपछि अस्पतालले जनशक्ति थपका लागि माथिल्लो तहमा पटक पटक पत्राचार गरेको जनाएको छ ।

तर, अब भने मन्त्रालयबाट पक्रिया ढिलाई हुने जस्तो भए अस्पताल विकास समितिबाटै जनशक्ति थपका लागि पहल गरिने मेडिकल सुपरिटेन्डेन्ट केसीले बताए । बिरामीको चापअनुसार कर्मचारी नह“ुदा सेवा प्रवाहमा समस्या भएको हो । जस कारण सेवाग्राहीले अस्पतालबाट पाउनुपर्ने सेवा पाउन सकेका छैनन् ।

 

प्रतिकृया दिनुहोस

डोटीमा आफ्नै श्रीमान विरुद्ध जबरजस्ती करणी उजुरी

डोटी , फागुन ०४ । डोटीकी एक महिलाले आफ्नै श्रीमानले आफूलाई जबरजस्ती करणी गर्न खोजेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् । जिल्लाको शिखर

१८ किलो सुन तस्करी प्रहरीकै सेटिङमा भएको खुलाशा

धनगढी,फागुन २ ।  बिहीबार कञ्चनपुरको सिमा क्षेत्रमा भेटिएको १८ किलो सुन प्रहरीकै सेटिङमा भएको खुलेको छ।   भारतमा चालक रहेका दाजु लक्ष्मण

कैलालीमा अदालत परिसरबाट एक अभियुक्त फरार

धनगढी,माघ २९ ।  कैलाली जिल्ला अदालत परिसरबाट एक अभियुक्त फरार भएका छन् ।   जजरजस्ती करणी मुद्धामा म्याद थपका लागि अदालत लगिएका  कैलालीकै