नेपाल विद्यालय कर्मचारी परिषदको आन्दोलन स्थगित , विद्यालय बन्द फिर्ता

अत्तरिया , भदौ ०२ ।
सामुदायिक बिधालयहरुमा कार्यरत कर्मचारीहरुको संड्गठन नेपाल विद्यालय कर्मचारी परिषदले भाद्र ३ र ४ गते २ दिन देशैभरिका सामुदायिक विद्यालयहरु बन्द गर्ने कार्यक्रम फिर्ता लिएको छ । साउन ३१ गते नेपाल शिक्षक महासंघद्वारा जारी बिज्ञप्ती र भाद्र १ गतेको शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयद्वारा जारी प्रेस बिज्ञप्ती बमोजिम आफ्ना आन्दोलनका कार्यक्रमहरु हाललाई स्थगित गरिएको नेपाल विद्यालय कर्मचारी परिषदले जनाएको छ ।

 

कर्मचारी परिषदले देशैभरिका ७७ जिल्लाका ७५३ वटै  स्थानीय तहका सामुदायिक विद्यालय बन्दको कार्यक्रम स्थगित गर्ने भएपछि विद्यालयको पठनपाठन नियमित रूपमा संचालन हुने भएको छ । शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासंघद्वारा जारी गरिएको बिज्ञप्तीको उच्च सम्मान गर्दै आन्दोलनका कार्यक्रम स्थगित गरिएको परिषदको भनाइ छ । शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयले निकट भविस्यमा संघीय संसदमा पेश हुने शिक्षा विधेयक २०७५ मा विद्यालय कर्मचारीले उठाएका मागहरु आवश्यक सम्बोधन हुने भनेपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको परिषदले जनाएको छ ।

 

 

 

 

कैलालीमा पनि आन्दोलनका कार्यक्रम स्थगित गरिएको छ । नेपाल विद्यालय कर्मचारी परिषद कैलालीले आज एक प्रेस बिज्ञप्ती जारी गर्दै केन्द्रको निर्णय बमोजिम आफ्ना पुर्वघोषित कार्यक्रम हाललाई स्थगित गरेको जनाएको छ । जिल्ला सचिव एवं आन्दोलन परिचालन समिति संयोजक रतन बहादुर कार्कीले वार्ताको माध्यमबाट समाधान र आन्दोलनको विकल्प खोजीन लागिएको बताए । कार्कीले अर्को सूचना नभएसम्म हाललाई केन्द्रको बिज्ञप्ती बमोजिम कार्यक्रम स्थगित गरिएको बताएका छन । जारी बिज्ञप्तीमा आन्दोलनका क्रममा प्रदेश, जिल्ला र १३ वटै स्थानीय तहमा समेत ध्यानाकर्षण पत्र, अपिल तथा मागपत्र बुझाइ कर्मचारीका पेसागत समस्या बारे अवगत गराएको बताइएको छ । पूर्व निर्धा्रित आन्दोलनमा सरिक भई सफल पार्न अहोरात्र खटिएका सबै जिल्ला र स्थानीय तहलाई धन्यवाद समेत दिइएको छ ।

 

प्रतिकृया दिनुहोस

बिधालयको भबन भात्किदा पठपाठनमा समस्या

बैतडी ,भाद्र १३ ।   केही दिनदेखि लगातारको वर्षाले मङ्गलबार सुर्नया गाउँपालिका–७ कठमडास्थित केदार माध्यमिक विद्यालयको आठ कोठे भवन भत्किएको छ ।

अत्तरियामा रहेको समता स्कुलको अभिभावक भेला कार्यक्रम सम्पन्न

अत्तरिया , भदौ ०९ । समता फाउण्डेसनद्धारा संञ्चालित अत्तरियामा रहेको समता स्कुलको आयोजनामा आज अभिभावक भेला कार्यक्रम सम्पन्न भएको छ । समता स्कुल

कञ्चनपुरको एक विद्यालयमा पाँच शिक्षकले ४९ विद्यार्थी पढाउँदै

कञ्चनपुर , भदौ ०७ । शुक्लाफाँटा नगरपालिका–१० स्थित त्रिमूर्ति आधारभूत विद्यालयमा पाँच शिक्षकले ४९ विद्यार्थीलाई पढाउँदै आएका छन् । नगरपालिका