प्रदेश ७ मा नेकपाको जिल्ला नेत्रत्वको लागी आन्तरिक किचलो शुरु

अत्तरिया ,भाद्र ३ । 
तकालिन एमाले र माओबादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेपछि  कैलालीमा नेत्रित्वको लागी फेरी दौडधुप शुरु भएको छ ।

प्रदेश सातमा कैलाली जिल्ला तकालिन एमालेको भागमा परेपछि  अध्यक्षको लागी नेता कार्यक्रताको लबीङ शुरु भएको छ ।

प्रदेशको कार्यदलले कैलालीमा अध्यक्ष तत्कालिन एमालेको भागमा र सचिब माओबादी केन्द्रको भागमा यस अघी नै भागबण्डा गरेको छ ।

अध्यक्षको लागी कैलालीमा  एमालेका पुराना नेता दिनेश चन्द्र सुबेदीको नाम बढी  चर्चा मा रहेको भए पनि तत्कालिन एमालेका सचिब रण बहादुर चन्द रुष्ट्र बनेका छन ।

चन्द अहिलेसम्म कुनै पनि लाभको पदमा बसेका छैनन । सचिबमा माओबादी केन्द्रबाट रमेश धामी, लाल बाहादुर सोडारी ,हरी श्रीपायलीको  नाम चर्चामा रहेको छ ।

धामी गत सम्पन्न निर्बाचनमा प्रदेश सांसदमा पराजित भएका हुन् । सोडारी तत्कालिन माओबादी केन्द्रका जिल्ला अध्यक्ष हुन् भने श्रीपायली पूर्व सांसद हुन् ।

 उता कन्चनपुरमा अध्यक्ष तत्कालिन माओबादी केन्द्रको भागमा परेपछि अध्यक्षको दौडमा वीर बहादुर थापा पातल रहेका छन् । उनी अध्यक्ष बन्ने प्राय निश्चित जस्तै छ ।

कन्चनपुरमा सचिबका लागी पल्लब भट्ट ,रण बाहादुर महरा र रबिन्द्र कुवरको नाम चर्चामा रहेको छ ।

प्रदेश सातका अन्य जिल्लामा पनि नेत्रित्वको लागी तत्कालिन एमाले र माओबादी भित्र आन्तरिक रस्साकस्सी चलेको छ ।

प्रदेश सातमा  कैलाली,डोटी, बाजुरा,अछाम र बैतडी तत्कालीन एमाले र कन्चनपुर, डडेलधुरा, दार्चुला र बझाङमा तत्कालीन माओवादीले नेकपाको नेतृत्व गर्ने सहमती भएको छ ।     

प्रतिकृया दिनुहोस

नेपाली कांग्रेस कैलालीको प्रशिक्षण कार्यक्रम धनगढीमा सुरु

धनगढी,माघ ५ ।  नेपाली कांग्रेस कैलालीको  प्रशिक्षण कार्यक्रम आज (शनिबार) देखि धनगढीमा सुरु भएको छ ।प्रशिक्षणमा जिल्ला भरका झण्डै ५ सय नेता

रवीन्द्र मिश्रको खुल्ला पत्र :हामी अलमलियौं होला, तर मुलबाटो छोडेका छैनौं

काठमाण्डौ,माघ ४ ।    गत केही दिनदेखि तपाईंहरूलाई एउटा पत्र लेख्ने रहर थियो, तर तपाईंहरू सबैलाई अवगत रहेको पार्टीको पछिल्लो स्थितिका कारण लेख्न

सीडीओ शक्तिशाली बनाएपछि रिसाए मुख्यमन्त्री

काठमाडौं , माघ ४ ।   संघीय सरकारले प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई शक्तिशाली बनाएपछि प्रदेश सरकारले असन्तुष्टि जनाएका छन्। देश संघीयतामा गइसके