नेकपाको प्रदेश ७ को अध्यक्षमा कर्ण थापा र सचिबमा लक्ष्मी जोशीको नाम सिफारिस

काठमाण्डौ ,भाद्र ३ । 

नेकपाको सात नम्बर प्रदेश कार्यदलले पनि प्रतिवेदन बुझाएको छ । निर्धारित समयसीमाभित्रै प्रतिवेदन तयार पारी बुझाइएको कार्यदलका सदस्य कर्ण थापाले जानकारी दिए ।सात नम्बर प्रदेश प्रमुख पूर्वएमालेको भागमा परेको छ । त्यस्तै सचिव पूर्वमाओवादीको भागमा परेको छ   । प्रदेश प्रमुखमा पूर्व एमालेका नेता  कर्णबहादुर थापा कै नाम  कार्यदलले सिफारिस गरि पठाएको छ । त्यस्तै सचिवमा पूर्व माओबादीका नेता लक्ष्मी जोशीको नाम  सिफारिस भएका छ । प्रदेश ७ को इन्चार्ज को बन्ने भन्ने अझै टुण्गो लागेको छैन । स्रोतका अनुसार पूर्व माओबादी केन्द्रका नेता लेखराज भट्ट इन्चार्ज बन्ने सम्भाबना रहेको छ ।  ९ जिल्ला रहेको सात नम्बर प्रदेशमा ५ जिल्लाको नेतृत्व पूर्व एमालेले पाएको छ भने ४ जिल्ला पूर्व माओवादीको भागमा परेको छ । त्यस्तै प्रदेश कार्यदलले १८३ सदस्ययी  प्रदेश कमिटी निर्माण गर्ने सहमति गरी प्रतिवेदन बुझाएको छ । जसमा पूर्वएमालेबाट १०० र ८३ जना पूर्वमाओवादीबाट रहनेछन् ।सात नम्बर प्रदेश कार्यदलमा भीम रावल, लेखराज भट्ट, कर्णबहादुर थापा र लक्ष्मीदत्त जोशी सदस्य रहेका छन् ।

प्रतिकृया दिनुहोस

जनताले दिएको मत खेर जान दिने छैन - मन्त्री सुबेदी

अत्तरिया, कार्तिक २९ ।  नेकपा गोदावरी नगरकमिटिले नबनियुक्त सामाजिक बिकासमन्त्री कृष्णराज सुवेदीको बिहीवार एक कार्यक्रमका बिच  स्वागत गरेको छ ।

दिर्घ सोडारीलाई पदमुख्त गरेपछि नेकपा सुदुरपश्चिमको राजनीति गर्मागर्मी

धनगढी,कार्तिक २८ ।   सुदुरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री दिर्घ सोडारीलाई नेकपाले सरकारबाट फिर्ता बोलाएपछि यस क्षेत्रको नेकपाको राजनीतिमा

नयाँ केही कामको थालनी गर्छु - नब नियुक्त सामाजिक बिकासमन्त्री सुबेदी

अत्तरिया, कार्तिक २७।  सुदुरपश्चिमप्रदेशका नब नियुक्त सामाजिक बिकास मन्त्री कृष्णराज सुबेदीले मन्त्री बनेकोमा  खुशी ब्यक्त गर्दै कैलाली