प्रदेश सातमा विषयगत समितिहरु अझै नेतृत्व विहीन

धनगढी , भदौ ०४ ।
प्रदेश ७ का विषयगत समितिहरु अझै नेतृत्व विहीन अवस्थामा रहेका छन । प्रदेश सरकार गठन भएको ७ महिना बितिसक्दा पनि विषयगत समितिहरु अझै नेतृत्व विहीन रहेका हुन् । मिनी पार्लियामेन्टको रूपमा रहेको विषयगत समितिहरुको चुनाव हुन नसक्दा समस्या भैरहेको छ । प्रदेश ७ मा रहेको विधायन तथा प्रदेश मामिला समिति, अर्थ विकास तथा प्राकृतिक समिति, सार्वजनिक लेखा समिति र सामाजिक विकास समिति नेतृत्व विहीन भएका अवस्थामा छन् ।

 

नेतृत्व चयनका लागि तीन÷तिन पटक मिति तोकिए पनि अन्तिममा आएर स्थगित गरिदा समिति नेतृत्व विहिन बनेको प्रदेश सभा सचिवालयका सचिव बालाराम शर्माले जानकारी दिए । उनले अझै पनि चुनाव कहिले हुने भन्ने बारेमा कुनै छलफल नभएकाले अन्यौल रहेको बताए । यसअघि असार १३ गते विधायन तथा प्रदेश मामिला समिति र सामाजिक विकास समिति र जेठ १४ गते अर्थ विकास तथा प्राकृतिक समिति र सार्वजनिक लेखा समितिको निर्वाचन तय गरियो । यद्धपी त्यतिबेल प्रतिपक्षि दल नेपाली काग्रेसले संसदीय दलको नेता छान्न क्रममा रहेको भन्दै केही समय सार्न आग्रह गर्दा निर्वाचन हुन सकेन ।

 

यसपछि दोसो्र पटक जेठ २२ र २३ गते निर्वाचन गर्ने कार्य तालिका सार्वजनिक गरियो भने तेस्रो पटक असार १४ गतेका लागि निर्वाचन गर्ने भनिएको थियो । यद्धपी यसबेला तत्कालीन एमाले माओवादीबिच पार्टी एकीकरण र पार्टी भित्र कुरा नमिलेका कारण नेकपाले मिति सार्न पत्र दिएको थियो । यस कारण प्रदेश सरकार गठन भएको लामो समय बितिसक्दा पनि विषयगत समितिहरु नेतृत्व विहीन अवस्थामा छन् । नेतृत्व चयन नहुँदा समितिका बैठक जेष्ठ सदस्यको नेतृत्वमा बस्ने गरेका छन् । जसमा विधायन तथा प्रदेश मामिला समितिको बैठकमा जेष्ठ सदस्य कृष्णराज सुवेदीले अध्यक्षता ग्रहण गरिरहेका छन् भने , अर्थ विकास तथा प्राकृतिक समिति जेष्ठ सदस्य देवराज पाठकको अध्यक्षतामा बैठक बसिरहेको छ । यस्तै नेतृत्व विहिन हुदा दिव्याश्वरी शाहको अध्यक्षतामा सामाजिक विकास समितिको र भरत खड्काको अध्यक्षतामा सार्वजनिक लेखा समितिको बैठक बस्ने गरेको छ । नेतृत्वका लागि पटक पटक निर्वाचन मिति तय गरेपनि  स्थगित हुन थाले पछि कार्य सम्पादनमा प्रभाव परिरहेको बताइएको छ । विषयगत समितिहरु नेतृत्व चयनका लागी सहमतिको प्रयास भइरहेको प्रदेश नं ७ का सभामुख अर्जुन बहादुर थापाले जानकारी दिए । उनले सहमति नभएमा प्रदेशको राजधानी र नामको टुङगो लागेपछि विषयगत समितिको चुनाव गरिने बताए ।  

 

प्रतिकृया दिनुहोस

जनताले दिएको मत खेर जान दिने छैन - मन्त्री सुबेदी

अत्तरिया, कार्तिक २९ ।  नेकपा गोदावरी नगरकमिटिले नबनियुक्त सामाजिक बिकासमन्त्री कृष्णराज सुवेदीको बिहीवार एक कार्यक्रमका बिच  स्वागत गरेको छ ।

दिर्घ सोडारीलाई पदमुख्त गरेपछि नेकपा सुदुरपश्चिमको राजनीति गर्मागर्मी

धनगढी,कार्तिक २८ ।   सुदुरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री दिर्घ सोडारीलाई नेकपाले सरकारबाट फिर्ता बोलाएपछि यस क्षेत्रको नेकपाको राजनीतिमा

नयाँ केही कामको थालनी गर्छु - नब नियुक्त सामाजिक बिकासमन्त्री सुबेदी

अत्तरिया, कार्तिक २७।  सुदुरपश्चिमप्रदेशका नब नियुक्त सामाजिक बिकास मन्त्री कृष्णराज सुबेदीले मन्त्री बनेकोमा  खुशी ब्यक्त गर्दै कैलाली