अपहरणमा परेका कैलालीका ५ बर्षिय बालकको ९ घण्टापछि सकुशल उद्धार , अपहरणकारी प्रहरी नियन्त्रणमा

फाईल फोटो

कैलाली , भदौ ०४ ।
आज बिहान ९ बजे अपहरणमा परेका कैलालीका ५ बर्षिय बालकको सकुशल उद्धार गरिएको छ । आदर्श मावि विनौलीमा अध्ययनरत ५ बर्षिय बालक खेमाङ चौधरीको अपहरण भएको ९ घण्टापछि सकुशल उद्धार गरिएको हो । कैलारी गाउपालिका वडा नम्वर ६ का वडा अध्यक्षले बालक अपहरण भएको बारेमा प्रहरीलाई खबर गरेपछि प्रहरीले अपहरणकारीलाई झण्डै ९ लगाएर दाङको भालुवाङबाट पक्राउ गरेको हो ।

 

बालकलाई अपहरण गरेपछि अपहरणकारी गोदावरी नगरपालिका वडा नं ६ हरैयाका बिर्जु चौधरीले खेमाङकी आमा बिना चौधरीलाई फोन गरी भोली काठमाडौ बसपार्कमा भेट्न आउनु भनेका थिए । यदि नआएमा छोरोलाई मारिदिने भन्दै धम्की समेत दिएको बताइएको छ । फोन लोकेशनको आधारमा दाङ प्रहरीको सहयोगमा खेमाङको उद्धार गरिएको र अपहरणमा सग्लन विर्जुलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक विनोद घिमिरेले जानकारी दिए । २ बजे अपहरणकारीको फोनको लोकेशन हेर्दा बाँकेको शमशेरगञ्जमा देखाएपछि प्रहरीले पुर्वपश्चिम राजमार्गमा खोजतलास गरेको थियो । बालक र अपहरणकारीलाई कैलाली ल्याउन टोली खटिएको र के कति कारण बालकको अपहरण भयो भन्ने बारे अनुसन्धान भैरहेको प्रहरी उपरिक्षक घिमिरेले बताए ।

 

प्रतिकृया दिनुहोस

कैलालीको बर्दगोरियामा एम्बुलेन्सको ठक्करबाट ३ जना घाइते

गोविन्द बीसी ,कार्तिक २८ बौनिया कैलालीको बर्दगोरिया गाउँपालिका-१ कट्टीपुरमा एम्बुलेन्सको ठक्करबाट ३ जना घाइते भएका छन् ।  बिरामी बोकेर

छुट्टाछुटै दुर्घटनामा परी कैलाली र डोटीमा दुई बालकको ज्यान गयो

कैलाली , कात्तिक २८ । कैलाली र डोटीमा भएको छुट्टाछुटै दुर्घटनामा परी दुई बालकको ज्यान गएको छ । कैलालीको टीकापुरमा ट्याक्टरको ठक्करवाट र डोटीमा

सासंद प्रेम आलेमगरलाई गृहजिल्लामै कालोझण्डा

डोटी , कात्तिक २९ । नेकपाका नेता एबम् प्रतिनिधि सभा सासंद प्रमे बहादुर आलेमगरलाई उनकै गृह जिल्लामा कालो झण्डा देखाइएको छ । मड्गलवार जिल्ला समन्बय