निर्मला पन्तको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका अभियुक्त सार्वजनिक

कञ्चनपुर , भदौ ०४ ।
कञ्चनपुरकि १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका अभियुक्तलाई सार्वजनिक गरिएको छ । हत्या भएको २६ दिनपछि प्रहरीले पक्राउ गरेको भीमदत्त नगरपालिका १९ बस्ने दिलिपसिंह विष्टलाई सार्वजनिक गरिएको हो । जिल्ला प्रहरी कार्यालय कन्चनपुरमा पत्रकार सम्मेलन गरेर बालिका हत्याको अभियोगमा पक्राउ परेका विष्टलाई आज सार्वजनिक गरिएको हो ।

 

दिलिपसिंह विष्ट मानसिक सन्तुलन गुमाएका व्यक्ति रहेको उनले आफ्नै भिनाजुको हत्या गरी ९ वर्ष जेल जिवन बिताइसकेको प्रहरीले जनाएको छ । बिष्टले गाँजा र मादक पदार्थ सेवन गर्ने गरेको, परिवारकै महिला सदस्यलाई पटक पटक यौन दुव्र्यवहारको प्रयास गरेको, बाटोमा महिलालाई देख्दा अश्लील हर्कत गर्ने गरेको, जिल्ला कारागारमा आएर माग्ने गरेको र घरमा बाहिरै सुत्ने गरेको प्रहरीको प्रेस नोटमा उल्लेख छ । निर्मलाको साउन १० गते बलात्कारपछि हत्या भएको थियो । बिधालयको होमवर्क गर्न साथी घरमा गएकी उनी र्फकने क्रममा बलात्कारपछि हत्या भएको प्रहरी अनुसन्धानले देखाएको छ । बाटामा निर्मलाको साइकलको चेन बिग्रिएकाले आफूले बनाइदिएको र त्यसक्रममा एक्लै देखेपछि बलात्कार गरी हत्या गरेको बिष्टले बयान दिएका छन् । सोधपुछका क्रममा बिष्टले अभियोग स्वीकार गरिसकेको  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

 

आफू एक पटक जेल बसेर आएको र फेरि सबैलाई मारेर जेल जान्छु भन्ने गरेका कारण परिवारमा समेत कुनबेला के घटना घटाउने हो भन्ने त्रास समेत रहेको अवस्थामा निर्मलाको हत्या हुन पुगेको प्रहरीले जनाएको छ । यद्धपी निर्मलाका परिवार र आफन्तले भने प्रहरीको दाबी माथि आशंका गरेका छन् । निर्मलाका हत्यारामाथि कुनै कारवाही नभएको भन्दै प्रहरीमाथि चर्को दबाव आएपछि करिब १ महिनापछि प्रहरीले विष्टलाई सार्वजनिक गरेको हो । गत साउन ११ गतेदेखि नै कञ्चनपुरमा नागरिक समाज, महिला अधिकारकर्मी लगायतले निर्मलाको हत्यारालाई पत्ता लगाउनुपर्ने माग गर्दै प्रर्दशन गर्र्दै आएका छन् । लामो समयसम्म हत्यामा संलग्नलाई पक्राउ गर्न नसकेको भन्दै कन्चनपुर प्रहरीको आलोचना हुँदै आएको थियो ।   

 

प्रतिकृया दिनुहोस

गोदावरी एफ एमका समाचार प्रमुख हेम राज भट्टले बेसाहाराहरुको साहारा घरमा मनाए आफ्नो जन्म दिन

अत्तरिया , असोज ०५ । कैलालीको अत्तरियामा लामो समयदेखी बिभिन्न क्षेत्रमा कलम चलाउदै आएका पत्रकार हेमराज भट्टले आज आफ्नो जन्मदिन बेसाहाराहरुको माझ

कञ्चनपुरमा ७ वर्षीया बालिकालाइ बलत्कार गरेको आरोपमा १० वर्षीय बालक पक्राउ

कञ्चनपुर , असोज ०५ । स्कूलको कक्षाकोठामै बलात्कार गरेको आरोपमा कञ्चनपुरको कृष्णपुर नगरपालिकाका एक बालकलाई प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुरको

जोशीपुरका व्यापारीको हत्यामा संलग्न तीन जना पक्राउ , प्रहरीद्धारा सार्वजनिक

धनगढी , असोज ०४ । गत भदौ २८ गते राती कैलालीको जोशीपुरमा भएको व्यापारीको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ परेका तिनै जनालाई