केन्द्र सरकारले सबै प्रदेशमा सञ्चार ग्राम स्थापना गर्ने

काठमान्डौ , भदौ ०५ ।

सरकारले सबै प्रदेशमा सञ्चार ग्राम स्थापना गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सबै प्रदेशमा संचार ग्राम स्थापना गर्नेगरी यसै वर्षबाट बजेटको व्यवस्था गरिएको बताए । संघीय संसद विकास तथा प्रविधि समितिको सोमबारको बैठकमा मन्त्री बास्कोटाले पत्रकारहरुलाई दक्ष बनाउन आवश्यक प्रशिक्षणसहितको कार्यक्रम सञ्चालन हुने गरी संचारग्राम स्थापना गर्न लागिएको जानकारी दिए । उनले नेपाल टेलिकमको सेवालाई गुणस्तरीय बनाउने प्रतिवद्धता जनाए । विराटनगर, बुटवल, नेपालगंज लगायत देशका मुख्य सहरमा फोरजी सेवा संचालनमा ल्याउने योजना रहेको उनले बताए ।

 


समितिका सदस्य एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले सबै नागरिकको पहुँचमा पुग्ने गरी सूचना प्रविधिको विकास गर्न सरकारलाई सचेत गराए । उनले विकास र निर्माणको कामलाई स्वच्छ ढंगले सम्पादन गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । समितिका अर्का सदस्य टोपबहादुर रायमाझीले दुर्गम भेगमा पनि नेटवर्क आउने गरी टेलिफोनको व्यवस्था गर्न मन्त्री बास्कोटको ध्यानाकर्षण गराएका थिए ।  सबै सरकारी संस्थानमा उचित प्रविधि भित्रयाउन पनि उनले माग गरे ।

 

समितिका अर्का सदस्य महेन्द्रराय यादवले सरकारी संचारमाध्यामलाई विश्वसनीय बनाउन सरकारसँग माग गरे ।  सरकारले सूचनामा सबैको पहुँच पु¥याउनुपनेमा उनले जोड दिए । समितिले स्थानीय सरकारलाई प्रविधि विकासका लागि आवश्यक बजेटको व्यवस्था गरिदिन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएको थियो ।

 

प्रतिकृया दिनुहोस

तराई–मधेसमा छठ पर्वको रौनक

धनगढी,कार्तिक २७।  तराई–मधेसमा छठ पर्वको रौनक छाएको छ । कात्तिक शुक्लपक्ष अर्थात्  भोलि मनाइने छठ पर्वको रौनक सहरदेखि ग्रामीण क्षेत्रसम्म

छठ पर्वको मुख्य दिन आज , अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदै

काठमाडौँ, कात्तिक २७ । छठ पर्वको मुख्य दिन मङ्गलबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमै भाइटीका लगाए

काठमाडौं,कार्तिक २३  ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमै भाइटीका लगाएका छन् । उनले दुई जेठी बहिनी विष्णुमाया ढकाल र माहिली